
नेपालका सानाठूला राजनीतिक आरोहअवरोहमा हामीले निर्णायकत्व गुमाएको सुगौली सन्धिबाट नै हो। १९ बर्षिय बलभद्रको साहस, अमरसिंह थापाको राष्ट्रभक्ती तथा भक्ति थापाको वफादारिता अतुलनीय र अविस्मरणीय छ। कुनै पनि लोभलालचमा नपरी निस्काम कर्ममा समर्पण गर्ने वीर योद्धाहरु नेपाली समाजका कहिलै नअस्ताउने अजर/अमर नक्षत्र हुन। स्वदेशी नुनखाएर स्वदेश र स्वधर्म प्रतिको बफादारिता अनुकरणीय छ।
बिदेशी विधर्मिहरुको महाजालमा परेर दरबारका शक्तिशाली भारदार, सैन्य अफिसर तथा राजपरिवारकै सदस्यहरू सबैका बिरुद्ध सबैको झालझेल, षडयन्त्र, राजनितीक आवरणमा गरिएका हत्या र गैरन्यायिक उन्मुक्तिकै कारण कोहि रुपका राष्ट्रवादीको उदय र कोहि सारका राष्ट्रवादीहरुको पतन हुनगइ देशलाई संघिन अवस्थामा पुर्याइ देशलाई एङ्लो-नेपाल युद्धको मोर्चामा उभिन बाध्यपारिएको अवस्था र विदेशी विधर्मी प्रतिमानको डंगुर निर्माण गरि त्यही डंगुरमा रमाउन चाहने प्रवृत्तिको सिकार आजको पुस्ता बन्नपुगेको छ। जालझेल र षडयन्त्रकै परिणामस्वरूप दरबारियाहरुको कमजोरीको फाइदा उठाएर स्थापित राणा शासन स्थापना पश्चात् बेलायत र फ्रान्सको भ्रमण पछि फर्केका जंगबहादुर राणा आफू मात्रै फर्केनन् अपितु वोदेशी बिधर्महरु सहित फर्के र स्वनिर्णय र निर्णायकत्व गुमाएर फर्के। विदेशी विधर्मिहरुको गुलामी र वफादारी गरेकै कारण लामो समयसम्म जहाँनिया राणा शासन टिकाउन सफल भएको यथार्थ कसैबाट लुकेको छैन।
दक्षिणमा वृटिश राज सकिएसंगै नेपालमा राणा शासनको अन्त्य भयो। विदेशी विधर्मी निर्णायकत्व वृटेन पछी स्वतन्त्र भारतमा सर्यो। निरंकुशता विरुद्ध गरिएको राष्ट्रद्रोही विद्रोहको डिजाइन र नोर्देशन विदेशीहरुलेनै गरेका हुन्। तिनले प्रजातन्त्र चाहे, यहाँ प्रजातन्त्र स्थापना भयो। प्रजातान्त्रिक नेतृत्व भारतिय संस्थापन पक्षबाट निरपेक्ष हुनखोज्यो निरंकुशता लादियो। पंचायती निरंकुशताले तिनको अभिष्ट पूरा गरेनन्, प्रजातान्त्रिक आन्दोलनले आशिर्वाद पायो, निरंकुशताको अन्त्य भयो। प्रजातान्त्रिक शक्ति पुनः निरपेक्ष बन्यो, पुन निरंकुशता लादियो। क्रान्ती र आमूल परिवर्तन गर्नेछौं भनेर सुरुङ्ग युद्ध समेत गर्न सक्षम छौं भनेर जसको कट्टर बिरोधि भनेर रुपपक्षमा जानिएको/बुझिएको थियो त्यो नै सबैभन्दा गद्दार प्रमाणित भयो। २००७ सालमा कांग्रेस सरकारमा आयो र प्राथमिक महत्वका साथ मन्त्रिपरिषदको बैठकमा इण्डियन राजदूतको उपस्थिति अनिवार्य गर्ने, त्रिभूवनको सल्लाहकारमा इण्डियन राख्ने र नेपाल पसेका सबै इण्डियनहरुलाई नागरीकता दिने कुकर्म गर्यो।
नेपालराष्ट्रलार्इ यिनीहरूले कहाँ पुर्याए भन्ने तथ्य बुझ्न अाजकाे देश हेरे पुग्छ। नेपालमा दलियताको सुरुवात नेपाल विरोधि मिशन संग अभिन्न रुपमा जोडिएर आएको छ। यसको नेपाली जग, नेपाली स्कूलिङ र आफ्नोपन छैन। लोकतान्त्रिक/प्रजातान्त्रिक काल अगाडी ४५ वटा उत्पादनमा नेपाल आत्मनिर्भर थियो तर अहिले आत्मनिर्भरताको सपना दन्त्य कथा बनेर देश ८ खर्ब बेरुजु, ४५ खर्ब भ्रष्टाचार र ९३ % ब्यापारघाटामा थला परेको छ। पञ्चायति शासनले ६ दर्जन जति सानाठूला उद्योगहरुको स्थापना गरेको थियो तर लोकतान्त्रिक कालमा जम्मै इण्डियन र माफियाहरुका हातमा बेचेर खाईएका छन्, बनाउने कुरा सून्यमा छ।
राणा शासन, पंचायती व्यवस्था, प्रजातान्त्रिक/लोकतान्त्रिक कार्यकालमा हामिले गुमाएको मौलिक रैथाने शक्ति, ज्ञान परम्परा, जनजातिय मुल्य-मान्यता, प्रविधि, पद्धति, आत्मनिर्णय तथा निर्णायकत्व हो र कमाएको लगुताभाष, परनिर्भरता, मौलिक रैथाने भाषा, ज्ञान परम्परा, सामाजिक-साँस्कृतिक मुल्य-मान्यता, मौलिक प्रविधि, समन्वयात्मक-सहृदयता तथा रैथाने पन हो। सबै सकियो, बिगृयो, भत्कियो, असम्भव भयो भनेर रुने, चिच्याउने, चीत्कार तथा क्रन्धन गर्ने हुंदैहैन।
समस्याको स्थिति-गत्यात्मक समाधान खोज्ने अभियानमा ऐक्यबद्ध बनौं। समस्याको परिणाममा हैन कारणमा समाधान खोजौँ। राष्ट्रिय पुँजी, ज्ञान, पद्धति तथा प्रतिमानको प्रयोगात्मक अनुसंधान गरि आत्मनिर्णय र निर्णायकत्व संस्थागत गर्न हाम्रो मुल स्वभाव स्वकृयात्मक बनाउँ, प्रतिकृयात्मक आवस्यकता पर्दा मात्रै बनौं।
जय देश। बन्दे नेपाल मातरम्।।