
।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
माेरङ काे धनपालथान गाउँपालिका ४ को कर्सिया बजारमा आगलागी भयेको छ ७० लाख रुपैयाँ बराबरको क्षेती भएको अनुमान । रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्की ले २० बर्ष देखि सन्चालनमा रहेको खाजा पसल र रंगेली २ मंङलवारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योग मा आगलागी भएको छ। काेराेना काे समयमा सम्पुर्ण खाजा पसल र फर्निचर उद्योग समेत बन्द भएको समय बिधुत सट भई आगलागी भएको रंगेली प्रहरी जनाएको छ । आगलागी फर्निचर बाट बिहान ९ बजे देखि सुरु भएको र डेर घन्टा पछि आगाे नियन्त्रण मा लिएको प्रहरीले जनाएको छ । कार्की हाेटमा रहेको ग्यास, फ्रिज, लगायत १० लाख बराबरको क्षेति भएको छ । फर्निचर उद्योग मा रहेको काठ ,फर्निचर , इलेक्टि्रकल माेटर लगायत ६० लाख बराबरको क्षेति भएको राजेन्द्र शर्माले बताए । आगाे नियन्त्रणमा रंगेली काे दमकल, कानेपाेखरी , बिराटनगर , काे दमकल नेपाल प्रहरी ,ससस्त्र प्रहरी , स्थानीय हरुले २ घन्टा पछि आगाे नियन्त्रणमा लिएका थिए ।