jQuery(document).ready(function($){ //
});

मिति २०७८/११/२१ गते काभ्रेपलान्चोक जिल्ला पनाैती नगरपालिका वडा नं ८ मा अवस्थित लायन्स क्लव अफ काभ्रे मल्पि र लियाे क्लव अफ काभ्रे मल्पिको Installation, Induction & Charter Ceremony programme काे पहिलाे सत्रकाे कार्यक्रम प्रमुख अतिथि ग्रहण र उद्घाटन कृषि तथा पशु पन्छि मन्त्री वागमती प्रदेश, माननीय वशुन्धरा हुमागाईले गर्नु भएकाे थियाे भने LCI District 325 A2 DG लायन केशव पाण्डेले विशिष्ट अतिथ्यता ग्रहण गर्नु भएकाे थियाे। पहिलाे सत्रकाे कार्यक्रमकाे सभापतित्व ग्रहण लायन्स क्लव अफ पनाैतीका अध्यक्ष विवेक भट्टराई, कार्यक्रमकाे उद्घाेषण लायन्स क्लव अफ पनाैतीका सचिव हरिशरण कार्कीले र अतिथिहरूलाई स्वागतका लागि स्वागत मन्तव्य लायन्स क्लव अफ काभ्रे मल्पिका प्रथम उपाध्यक्ष सरस्वती कणेलले गर्नु भएकाे थियाे । एउटै ब्यक्ति एउटै पदमा पटक पटक बसिरहन नहुने चाहे राजनीतिमा हाेस या अन्य कुनै संस्थामा भन्ने कुरा लायन्स क्लववाट अनुशरण गर्नु पर्ने र अब रासाईनिक मल कृषी अैाजार र पाउडर दूध नेपालमै बन्ने कुरा भनाइ राखेर लायन्स क्लव अफ काभ्रे मल्पिलाई शुभकामना प्रदान गर्नु भई कार्य व्यस्तताकाे कारणले कार्यक्रमवाट विदा हुनु भएकाे थियाे । लायन्स क्लव अफ काभ्रे मल्पिका अध्यक्ष काेकिल थापावाट मन्त्री लाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । LCI District 325 A2 DG लायन केशव पाण्डे, LCI District 325 A2 2nd VDG/Elect DG लायन उत्तम झा, Elect 1st VDG लायन दिपक कृष्ण प्रजापति, District Cabinet Secratary लायन विधान जाेशी Distrct Cabinet Treasurer लायन गाेकुल प्रसाद प्रजापति, Zone 56 Zone Chairparson राजाराम कर्माचार्य , Zone 55 Zone Chair Person कैलाश पलाञ्चाेके, Lions club of Panauti Charter President Suresh Sainju, Lions Club of Panauti का पुर्व अध्यक्षअरूण कर्माचार्य, Lions Club of Panauti पुर्व अध्यक्ष राजेश श्रेष्ठ, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसछें, अाकाश विनायक संरक्षण समितिका अध्यक्ष राम कुमार वस्नेत, लायन्स क्लव पनाैतीका पदाधिकारी भाेला नाथ राज भण्डारी, श्रवण खिंवन्जार, रजेन पसछें, लियाे क्लव अफ काभ्रे का पदाधिकारीहरू, राेटरी क्लव अफ पनाैतीका अध्यक्ष सितु सैजु, लियाे क्लव अफ काभ्रेका पदाधिकारीहरू, लियाे क्लव अफ पनाैतीका अध्यक्ष रिकेश कर्माचार्य, लायन्स क्लव अफ काभ्रे मल्पिका पदाधिकारीका परिवारहरू, पत्रकार मित्रहरू: मध्यमार्ग साप्ताहिक, मध्यपुर्व एफ एम संचालक रामकृष्ण वन्जारा, खवर पनाैतीका संचालक जीवन थापा, धार्मिक पत्रकार विकु नारायण ताम्राकार, क्यामारा म्यान मनाेज अमात्य, धिमे वाजा पनाैती, लायन्स क्लव अफ काभ्रे मल्पिका पदाधिकारीहरू, लियाे क्लव अफ मल्पिका पदाधिकारीहरू तथा सिमित रूपमा निमन्त्रणा गरिएकाे व्यक्तित्व तथा संघ संस्थाकाे उपस्थिति रहेकाे थियाे । LCI District 325 A2 2nd VDG/Elect DG लायन उत्तम झा वाट लायन्स क्लव अन्तर्राष्ट्रियकाे परिचय र उद्देश्य सहित लायन्स क्लव अफ काभ्रे मल्पि र लियाे क्लव अफ काभ्रे मल्पिका नवनियुक्त पदाधिकारीहरूलाई क्लवकाे सफत गराउनु भएकाे थियाे । LCI District 325 A2 DG लायन केशव पाण्डेवाट क्लव चार्टर र नवनियुक्त पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै जिम्मेवारी समेत जानकारी गराउनु भएकाे थियाे भने LCI District 325 A2 2nd VDG/Elect DG लायन उत्तम झा, Elect 1st VDG लायन दिपक कृष्ण प्रजापतिवाट लायन्स पिन वितरण गरिएकाे थियाे । कार्यक्रमकाे उद्घाेषणलाई लायन्स क्लव अफ पनाैतीका सचिव हरिशरण कार्की ज्युले निरन्तरता प्रदान गर्दै दाेस्राे सत्रकाे कार्यक्रमकाे लागि लायन्स क्लव अफ पनाैतीका अध्यक्ष विवेक भट्टराई वाट सभापतिकाे पद हस्तान्तरण लायन्स क्लव अफ काभ्रे मल्पिकाे अध्यक्ष काेकिल थापालाई गर्नु भएकाे थियाे । लायन्स क्लव अफ काभ्रे मल्पिका सुर्य सापकोटावाट धन्यवाद ज्ञापन गर्दै अध्यक्ष काेकिल थापावाट कार्यक्रम विसर्जन गरी सम्पूर्ण अतिथिहरुलाइ अध्यक्ष काेकिल थापा र प्रथम उपाध्यक्ष सरस्वती कणेलवाट मायाकाे चिनाे प्रदान गरि कार्यक्रम समापन गरिएकाे थियाे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय