
विराटनगर – ३ कञ्चनबारी स्थित आर्या न्यूरो हस्पिटलले स्वाथ्य सेवामा फड्को मार्दै अत्याधुनिक ‘एसीटि – ५० स्लाइस सिटी स्क्यान’ उपकरण जडान गरि संचालनमा ल्याएको छ ।
न्यूरो सम्बन्धी भरपर्दो उपचार गर्दै आएको अस्पतालले सिटी स्क्यान संचालनमा ल्याएपछि विरामीलाई सेवा प्रभाहमा सहज भएको छ ।
अस्पतालले लिने सेवा शुल्कहरु पनि अन्य अस्पतालको तुलनामा न्यून रहेको दाबी गरिएको छ । विराटनगर – ३ कञ्चनबारी स्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवा निःशुल्क सुरु भएको छ ।

छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो ।
अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजियिनलगायतको ओपीडि सेवा फागुन महिनादेखि निःशुल्क सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।
आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आएका छन् ।

अस्पतालले चाँडै स्वास्थ्य बीमा कार्यक्रम पनि सुचारु गर्ने भएको छ । विपन्न सामुदायका विरामीलाई लक्षित गरि स्वाथ्य बिमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।