नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाद्वारा विराटनगर कारागारमा रहेका कैदीवन्दिहरुका लागि करिब ९ सय थान डिगनिटी किट तथा हाइजिन किट आज मिति २०७८।१२।१ गते वितरण गरियो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको प्रमुख आतिथ्यतामा तथा एस.पी जनार्दन जी.सी., मोरङ कारागारका जेलर तथा नेरेसो मोरङ शाखाका सभापति सुवोधकुमार सिंह, उपसभापति मन्दिरा गुरागाई ,नेरेसो केन्द्रिय विपद् व्यवस्थापन विभागका रुद्रअधिकारी लगायतको उपस्थिती रोहोवरमा जेलका कैदी बन्दीहरुका लागि व्यक्तिगत दैनिक जीवनमा उपयोग हुने सामग्री सहितको किट तथा त्रिपाल वितरण गरियो ।






