jQuery(document).ready(function($){ //
});

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आउँदो चैत १५ गते देखि स्वास्थ्य बिमा गरेकाले स्वास्थ्य बिमाबाट सेवा लिन नपाउने भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आज एक सूचना जारी गरी सरकारले विमितहरुले सेवा लिए बापतको रकम भुक्तानी नदिएको कारण प्रतिष्ठान सञ्चालनमा समेत समस्या भएको भन्दै स्वास्थ्य बिमा गर्ने विमितहरुलाई स्वास्थ्य बिमाबाट सेवा प्रवाह गर्न नसक्ने जनाएका छन् । नेपाल सरकार, स्वास्थ्य बिमा बोर्डबाट बिमा गरेका विमतिहरूलाई प्रतिष्ठानले २०७४ साउन महिनादेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

स्वास्थ्य सेवा दिए बापत दाबी गरेअनुसारको सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन लगायत स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न विभिन्न समयमा स्वास्थ्य बिमा बोर्ड लगायत अन्य सरोकारवालालाई पटक–पटक लिखित अनुरोध गर्दा पनि हालसम्म समस्याहरूको समाधान हुन नसक्दा प्रतिष्ठान आर्थिक सङ्कटबाट गुज्रिरहेको सूचनामा उल्लेख छ ।

प्रतिष्ठानले पुर्याएको  सेवा बापत प्राप्त गर्नुपर्ने रकम समयमा नै प्राप्त हुन नसक्दा शिक्षक तथा कर्मचारीहरूको नियमित पारिश्रमिक लगायत दैनिक सञ्चालन खर्चमा समेत प्रतिकुल प्रभाव पर्न गएको छ । प्रतिष्ठान एक अविच्छिन्न उत्तराधिकारवाला एवं स्वशासित संस्था भएकोले यसले आफ्नो व्ययभार आफै बेहोर्नुपर्ने ब्यहोरा जानकारीका लागि अनुरोध गर्दै स्वास्थ्य बिमा गराएका विमतिहरूलाई प्रतिष्ठानले बहिरङ्ग, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गत दिइने सम्पूर्ण सेवाहरू अर्को सूचना नहुन्जेलसम्मको लागि चैत १५ गते देखि स्थगन गरिने जानकारी सूचनामा गराइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय