jQuery(document).ready(function($){ //
});

दमक, १५ साउन । यही शैक्षिक सत्र २०७८ साल बाट कमल ७ रंग्पुरमा अबस्तित श्री एभरग्रीन सेकेण्डरी इङ्गलिस स्कूलको नयाँ सञ्चालक र व्यवस्थापन समितिले भौतिक पुर्वाधार तथा शैक्षिक गुणस्तरको संरचनामा व्यापक परिवर्तन ल्याउने भएको छ । सामान्य व्यवस्थापनमा संचालन हुँदै आएको यो विद्यालयले यो शैक्षिक सत्रदेखि आधुनिक सुबिधासम्पन्न भवन सहित , शैक्षिक क्षेत्रमा लामो व्यवस्थापकिय अनुभव भएको विद्यालय संचालकहरुको टिम समेत प्राप्त गरेको छ ।

बिद्यालयले रंगपुर , मियाटोलि , बार्हघरे, सितापुरी ,सैनिक चोक , सितापुरी , गुरुङचोक र आसपासका क्षेत्रका अबिभावकहरुको आवस्यक्ता र चाहानालाई मध्यनजर गर्दै , विद्यार्थीहरु लाई यही नयाँ भवनबाट पठनपाठन सुरुगर्ने तयारी बिद्यालयले गरिरहेको छ । गुणस्तरीय तथा प्रबिधि मैत्री शिक्षा दिनुमात्रै नभएर यो ग्रामीण क्षेत्रकालागि एउटा भरपर्दो शैक्षिक केन्द्र निर्माण गर्ने उदेश्य सहित संचालन गर्नलागीएको यो सस्था यस क्षेत्रकै नमूना स्कूल बन्ने विध्यालयका मेनेजिइ् डाईर्क्टर प्रबिन सापकोटा बताउछन । बिद्यालयले विद्यार्थीहरुको आवज जावतको समस्यालाई मध्यनजर गर्दै हाल सम्म २ वटा स्कूल गाडीको प्रबन्ध गरेको l आगामी दिनमा आवश्यकता अनुसार यातायातको सुबिधालाई थप प्रभावकारी बनाउदै लैजाने डाईर्क्टर सापकोटाले बताए । गत बर्षहरुमा परम्परागत तरिकाले चलिरहेको यस विद्यालयले यो शैक्षिक बर्षदेखि विभिन्न बिद्यालयमा लामो समयदेखी शिक्षन गर्नु भएका दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरु द्वरा पठनपाठन गराइने। सर्वसुलभ सुल्कमा गुणस्तरिय र ब्यबाहारिक शिक्षालाई जोड दिदै यही क्षेत्रमा सुबिधा सम्पन्न विद्यालय स्थापना गरि विद्यार्थीहरुलाई सेवा दिने पहिलो महत्त्व उदेश्य रहेको बिद्यालयले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

ग्रामीण क्षेत्रमा रहेरता पनि सहरबजारका स्कूल स्तरको गुणस्तरिय शिक्षा साथै अन्य टाडा ठाउँका विद्यालयहरु सम्म जाने झन्झट बाट यहाँका विध्यार्थिहरुलाई मुक्त गराउदै ,राम्रो र गुणस्तरीय शिक्षा दिने उदेश्य रहेको सापकोटा बताउछन् । बिद्यालयमा बाल मैत्री वातावरण शृजना गर्ने । विद्यार्थीहरुलाई डर , त्रास र यातना भन्दापनि,सिकाइ सम्बन्धि विभिन्न बिधिहरुको प्रयोग गर्दै हौसला र प्रेरणा दिने, साथै एउटा अनुशासन र मर्यादित सिकाइलाई पहिलो प्राथमिकता दिइने छ l बिद्यालयले यो शैक्षिक बर्षदेखि पुर्णरुपमा प्रबिधिमा आधारित रहेर , मन्टेस्वरी बिधिबाट पठनपाठन गराउने तयारी गरेको छ । खासगरि आधारभुत तहमा अध्य्यन गर्ने विद्यार्थीहरुका लागि यस्तो तयारी गरिएको बिद्यालयले जनाएको छ ।

यसकालाई विद्यालयले कम्प्युटर ल्याब , लाइब्रेरी , तथा अन्य आवस्यक कुराहरुको ब्यबस्था गरिरहेको संचालक सापकोटा बताउँछन् । विद्यालयले विद्यार्थीहरुलाई कक्षाकोठाको सिकाइका अलावा अतिरिक्त क्रियाकलापमा जोड दिने छ । नृत्य ,गायन , सुइमिंग , खेलकुद , लगायतका बिधाहरुमा विद्यार्थीहरु लाई अब्बल बनाउनका लागि , बिधा अनुसारको प्रशिक्षकको व्यवस्थापन भैरहेको बिद्यालयले जनाएको छ । हालमा विद्यालयले यस्तो विश्वव्यापी रुपमा फैलिंदै गइरहेको नयाँ कोभिड – १९ को महामारीको समयमा पनि बालबालिकाको सिकाईलाई सहजीकरण गर्न नयाँ विद्यालय व्यवस्थापन समितिले नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा नियमावली बमोजिम शैक्षिक सत्र २०७८ यही असार पहिलो हप्ताबाट शुरु गरि आजसम्म आइपुग्दा कक्षा नर्सरी देखि कक्षा १० सम्मको अनलाइन कक्षा (वैकल्पिक शिक्षा) संचालन गरिरहेको छ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय