jQuery(document).ready(function($){ //
});
 झापाको दमक नगरपालिका–५ मा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–५ मेची स्टोर अगाडि शंकास्पद अवस्थामा हिँडिरहेका भारत बिहार राज्य, कटिहार जिल्ला घर भएका अन्दाजी २८ वर्षीय सुरज कुमार साहलाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।उनको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ प्लास्टिकसहित ४६.७६ ग्राम, प्लास्टिक बाहेक ४२.१७ ग्राम, रु. ३७,९००/- नगद, डिजिटल तराजु, २ थान मोबाइल फोन (Oppo र ViVO) तथा भारतीय आधार कार्ड फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय