
दमक, असार १० — दमक नगरपालिकाको १७औँ नगरसभा आज नगर प्रमुख श्री रामकुमार थापा ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक रेगिना भट्टराई प्रसाई ज्यूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सहित कुल १ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो।
बजेटको मुख्य अंशः
कुल बजेट प्रस्ताव: रु. १ अर्ब ४७ करोड
खर्च विवरण:
-
चालु खर्च: रु. ७१ करोड २९ लाख ५० हजार (४८.५%)
-
पुँजीगत खर्च: रु. ७४ करोड ५० लाख ५० हजार (५०.६५%)
-
वित्तीय व्यवस्था: रु. १ करोड
-
विशेष विनियोजन – दमक अस्पताल: रु. ३९ करोड
राजस्व तथा स्रोत विवरण:
-
नगरको आन्तरिक आम्दानी: रु. ३४ करोड ९१ लाख ५४ हजार
-
संघीय सरकारको अनुदान: रु. ७२ करोड ८४ लाख
-
प्रदेश सरकारको अनुदान: रु. ३ करोड ९३ लाख ८६ हजार
-
राजस्व बाँडफाँट: रु. २९ करोड ३० लाख ५९ हजार
-
जनसहभागिता: रु. १ करोड
-
दमक अस्पतालको बीमा दावीबाट: रु. ३९ करोड
बजेटका प्राथमिकताहरू:
उक्त बजेटले सामाजिक समावेशिता, पूर्वाधार विकास, गुणस्तरीय सेवा प्रवाह, डिजिटल नगर निर्माण, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन, युवा तथा महिला सशक्तिकरण, खेलकुद लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको जनाइएको छ।
नगर प्रमुख थापाले बजेटले दमकलाई समावेशी, समृद्ध र प्रविधिमैत्री नगरको दिशामा लैजाने विश्वास व्यक्त गर्नुभएको छ।