jQuery(document).ready(function($){ //
});

दमक, झापा — प्रजिता एजुकेसन एकेडेमीका विद्यार्थीहरूलाई दमक–९ स्थित एकीकृत कृषि तथा पशुपालन फार्म अन्तर्गत रहेको गड्यौले मल उत्पादन केन्द्रमा अवलोकन भ्रमण गराइयो। उक्त केन्द्रमा कुनै रासायनिक मल वा विषादी प्रयोग नगरिने हुँदा, यहाँको हर थोपामा हरियाली र हरेक कणमा जीवनको आभास पाइन्छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

गड्यौलाको अद्भुत संसार र फोहोरबाट मल बन्ने जैविक प्रक्रिया अवलोकन गरी विद्यार्थीहरूले प्रकृति र माटोप्रतिको सम्बन्धलाई नयाँ दृष्टिकोणले हेर्ने अवसर पाए। यस अनुभवले उनीहरूलाई माटोको महत्व, जैविक खेतीको प्रभाव, र वातावरणसँगको मेलमिलाप बुझ्न प्रेरित गरेको छ।

यस प्रेरणादायी भ्रमणको अवसर प्रदान गर्नुहुने फार्मका प्रोप्राइटर श्रीमती चम्पा कुमारी अधिकारी (खनाल) र श्री दीपक खनालज्यूलाई प्रजिता एजुकेसन एकेडेमी परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ। उहाँहरूको अमूल्य समय, ज्ञान र अनुभव विद्यार्थीहरूसँग बाँडिनु विद्यालयको शैक्षिक यात्रामा महत्वपूर्ण योगदान बनेको छ।

यस शिक्षाप्रद अवसरको समन्वय गर्नुभएका दिपेश खनाल सरलाइई समेत विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय