jQuery(document).ready(function($){ //
});

काठमाडौं, २१ फागुन । 

त्रिभुवन विश्वविद्यालयले संचालन गरेको व्यावस्थापन संकायको सिम्याटको परिक्षामा स्टडी प्लानेटले उत्कृष्ट नतिजा प्राव्त गरेको छ। काठमाडौँको पुतलिसडकमा रहेको उक्त कन्सल्टेन्सीमा अध्ययनरत विद्यार्थी कौशल कुमार चौधरीले उत्कृष्ट अङ्क प्राव्त गरेका हुन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनले नयाँ शैक्षिकसत्रको सिम्याटको परिक्षामा ८५ अङ्क प्राव्त गरेकोमा उक्त अङ्कनै यस वर्षको उत्कृष्ट अङ्क हुनसक्ने स्टडी प्लानेट एजुकेशन नेटवर्कका प्रबन्ध निर्देशक रामचन्द्र घिमिरेले जानकारी दिए। ४/५ महिनाको कडा मेहनतबाट यो संभव भएको समेत उनले बताए।

स्टडी प्लानेटले +२ को परिक्षा तालिका सार्वजनीक हुनु अघिदेखिनै सिम्याटको तयारी कक्षा संचालन गर्दै आएको थियो।

शिक्षकहरुलेनै संचालन गरेको उक्त एजुकेशन नेटवर्क शिक्षक/विद्यार्थीको कडा मेहनतबाट उत्कृष्ट नतिजा दिन सफल भएको शिक्षक देवेन्द्र विष्टले जानकारी दिए। लकडाउनको समयमा समेत स्टडी प्लानेटले अनलाइन कक्षा संचालन गर्दै आएको थियो।

सिम्याट परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले मात्र बीआइएम, बीबीए, बीएचएम, बीटीटीएम, बीबीएम, बीपीए, एमबीएम, एमटीटीएम लगायतको विषय पढ्नका लागि योग्य हुनेछन् । साथै, यही रिजल्टको आधारमा विद्यार्थीले छात्रवृत्तिसमेत पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय