झापाको दमक स्थित घिमिरे मार्केटमा भएको हत्यामा संलग्लाई प्रहरीले सार्वजनिक गरेको छ । रिसईबी र झगडाका कारणले गर्दा दमक २ का प्रकाश पराजुलीको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

हत्यामा दमक १ का २० बर्षिय अर्जुन लिम्बलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ७ बजे पराजुलीको बिभित्स तवरले धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो । घिमिरे मार्केटको एक कुनामा धारिलो हतियार प्राहार भएको थियो ।

गम्भिर घाईते अवस्थामा उपचारको क्रममा सोहि दिन मृत्यु भएपछि प्रहरीले घटनामा संलग्नहरुलाई खोजि गर्दै आएको थियो । हत्या भएको २ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय