jQuery(document).ready(function($){ //
});

दमक , २३ साउन । दमकमा अहिले धमाधम कोरोना खोप कार्यक्रम भै रहेको छ। आज वार्ड नम्बर ८,९,१० का ५० वर्षीय उमेर समुह साथै अपाङ्गाता भएका व्यक्तिले खोप लगाउने अवसर पाए । स्वास्थ्य विभाग दमकका कुबेर भट्टराई का अनुसार आज २१६४ जनाले खोप लगाए ।

साथै भोलि दमक नगरपालिका नगर खोप समन्वय समितिको निर्णय अनुसार मिति २०७८।४।२४ गते का दिन कोभीड १९ बिरुद्धको जोनसोन एण्ड जोनसोन खोप दमक नगरपालिका परिसरमा लगाउने भनिएकोमा उक्त खोप केन्द्र इलाका प्रहरीकार्यालय दमकको परिसरमा राखिएको साथै सम्बन्धित समूहलाई लक्षित गरी खोप लागाउने योजना रहेको नगरपालिकाले जानकारी गराएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय