
विश्व वातावरण लाई जोगाइ राख्न “स्वच्छ पर्यावरणका लागि वृक्षरोपण” भन्ने मुल नाराका साथ हाम्रो पहिलो पाइला बिराटनगरले बिराटनगर मा अवस्थित बिराटेश्वर वृद्धाश्रममा ५० भन्दा बढी बिरुवाहरु रोपि वृक्षरोपण कार्यक्रम भब्य रुपमा सु सम्पन्न गरेको छ।

साथै आजैको दिन संस्थाको उपाध्यक्ष गित गौतमको जन्मदिन परेको हुदा, त्यस आश्रममा बस्ने ६० जना आमाबुवाहरुलाइ खाजा खुवाउने कार्यक्रम पनि सम्पन्न भएको थियो।

कार्यक्रममा बिराटेश्वर वृद्धाश्रमका संस्थापक अध्यक्ष जगत अर्यालले युवा पुस्ताले नयाँ सोचका साथ समाज रुपान्तरणको भुमिकामा अग्रसर भइ कार्य गरेकोमा सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो।
आजको कार्यक्रमलाइ सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाइ पहिलो पाइलाका केन्द्रीय समिती महासचिव ओम राउतले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।