
मौलिक जरोकिलो पार्टीको तर्फबाट दमक नगरपालिकाको मेयरका उम्मेदवार राजकुमार दाहालको गाडीमा गएराति आक्रमण भएको छ घर अगाडी पार्किङ्गमा गरी राखिएको गाडीमा अज्ञात समूहद्वारा आक्रमण गरिएको भन्दै दोषीलाई यथाशीघ्र कारवाही गर्न जरो किलो पार्टीले माग गरेको छ ।

मौलिक जरोकिलो पार्टीको प्रभाव बढ्दै गएपछि कपूतन्त्रका घटकहरूले नियोजित रूपमा आक्रमणमा उत्रिएको हुनसक्ने प्रदेश नं. १ महासचिव अर्जुनकुमार भट्टराईले बताउनुभयो । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गएपछि यस किसिमको गतिविधि बढ्नसक्ने हुँदा पर्याप्त शान्ति सुरक्षाको व्यवस्था मिलाउन निर्वाचन आयोगसमक्ष तथा सरकार समक्ष मौलिक जरोकिलो पार्टी जोडदार माग गरेको छ।
