
दमक जेसिजले वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

दमक ८ स्थित जेसिज भवन निर्माणाधीन स्थानमा वडा नम्बर ८का वडा अध्यक्षको अतिथ्यतामा वृक्षरोपण कार्यक्रम साथै विरुवा वितरण कार्यक्रम सम्पन्न गरिएको थियो।

आइतबार आयोजित कार्यक्रममा दमक जेसिज अध्यक्ष सन्जिब बराल, पुर्व जिसिज नेपाल अध्यक्ष प्रकाश अधिकारी लगायत थुप्रै जिसिज ज्युहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक जे. सि सरोज ढकालले जानकारी दिनु भयो।