
दैनिक उपभोग्य पदार्थको मूल्य वृद्धि जनताको हितमा नभएको भन्दै दमकमा युवाहरुले विरोध जनाएको छ ।
दमक चोकमा शान्तिपुर्ण तरिकाले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रदर्शनका क्रममा ‘मूल्य वृद्वि फिर्ता गर, कालो बजारीकरण बन्द गर, लगायतका नारा लगाएका थिए ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा अभियानता तथा सामाजिक व्यक्तित्व प्रवीण पाठकले यो दैनिक उपभोग्य वस्तुमा गरिएको महङ्गिलाइ नियन्त्रण गर्न भाग राखेको थिए भने यसैगरी सरकार नालायक रहिरहने हो भने यो साङ्केतिक आन्दोलनले व्यापकता लिन कत्ति बेर पनि नलाउने बताए ।

हाम्रो माग पुरा नहुन्जेल सम्म व्यापक रुपले विरोध जनाइ रहने र यो आउदो बुधबार नगर परिक्रमा सहित विरोध प्रदर्शन रहेको कार्यक्रम संयोजक सुरज बन्जाराले दमक अनलाइनलाइ जानकारी दिए ।
