इमेज एचडी च्यानलबाट प्रसारण हुँदैआइरहेको रियालिटीशो गायन प्रतियोगिता सिङ्गीङ सुपरस्ट्रारमा झापाका सिधान्त खड्काले सहभागिता जनाएका छन् । कमल–४ किराँत चौक निवासी गायक खड्काले दमक अन्लाईन सङ्गको कुराकानीमा सिङ्गीङ सुपरस्ट्रारको खुल्ला भोटिङ चरणमा पुगेको जानकारी दिए ।

सिधान्तले नेपाली गीत–संगीतको क्षेत्रमा मोफसलबाट क्रियाशिल रहदैं आइरहेको बताए । उनले एक दर्जन गीतहरु रेकर्ड गराइसकेको बताए ।

सिधान्तले नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको नेपाल स्टारमा सभागिता जनाएको थिए । सो क्रममा उनले उत्कृष्ट प्रस्तुती दिएका थिए । उनी त्यसवेला नेपाल स्टारमा टप–६ सम्म पुग्न सफल भए ।

गीत–संगीतका निम्ति प्रतिभाहरु खोजी गर्ने क्रममा इमेज एचडीले कार्यक्रम आयोजना गरेको गायक सिधान्तले जानकारी गराए । उनका अनुसार बिभिन्न समय र टेलिभिजनहरुबाट भइसकेको रियालिटीशो मार्फत गायक–गायीकाको रुपमा स्थापितहरुले इमेज एचडीले प्रसारण सिङगीङ सुपरस्टारमा सहभागिता जनाएका गायक सिधान्तले जानकारी दिए ।

सिङ्गीङ सुपरस्ट्रारमा गायक सत्यराज आचार्य, गायक स्वरुपराज आचार्य, गायक सञ्जय श्रेष्ठ र गायीका मिलन नेवारले छनौट गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय