
आज मिति २०७९ साल भाद्र ११ गते शनिवार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) गौरादह नगर कमिटी द्वारा आयोजित “तिज विशेष दर तथा सांस्कृतिक कार्यक्रम” सब्य र भब्य रुपमा समापन भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता अनेरास्ववियु नगर कमिटी अध्यक्ष पुर्ण बहादुर रानाले गर्नु भएको थियो, प्रमुख अथिती ने.क.पा. एमाले केन्द्रिय अनुसासन बिभाग सदस्य लीला कार्की कट्टेलज्यूले गर्नु भएको थियो भने नेकपा एमाले प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीका नेता हरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रम मा अनेरास्ववियु केन्द्र, प्रदेश, जिल्ला तथा नगर कमिटी पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो भने गौरादह नगर भित्रका अनेरास्ववियु मा.वि. तथा क्याम्पस कमिटीको तिज गितमा नित्य प्रस्तुति रहेको थियो ।

कार्यक्रम संचालन नगर कमिटी सचीव तुलसीराम पौडेल तथा सह सचीव भुमिका भट्टराईले गर्नु भएको थियो ।