jQuery(document).ready(function($){ //
});

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक)परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउने बारे सूचना प्रकाशन गरेको छ ।

बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने नम्बरहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूहरूले परीक्षा दिने नियमहरू मध्येको ठुलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ । 

ग्रेड वृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनुपर्ने छ । 

कार्यालयका अनुसार २०७९ सालको जेठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी दुई विषमा एनजी प्राप्त गर्न वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयसम्म ग्रेड वृद्धि परीक्षामा सहभागी हनु पाउन गरी परीक्षा सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय