
भदौको १० गते देखि मञ्चन शुरु भएको नाटक १२ दुर्वासा भदौको २६ गते सम्म रहने आयोजक परिवारले जानकारी दिएको छ । नाटक प्रत्येक दिन साँझको ५:०० बजे मञ्चन हुने गर्द छ भने शुक्रवार र शनिबार दिउँसो १ बजे पनि मंचन हुदै आएको छ ।
नाटकमा कुनै एक मुद्दामा १२ जना वकिलहरुको फैसालालाई देखाईएको छ । फैसाला कुनै एक गाउँ (सुकुम्वासी बस्ती) मा हत्या भएको मानिसको हत्यारा पत्ता लगाउने बिषयमा देखिन्छ । जसमा स्वयं मृतक ब्यक्तिको छोरा हत्यारा हो या होइन भन्ने बिषयमा छलफल गरिएको पाइन्छ ।

नाटकमा दमकका पुर्व मेयर रोमनाथ ओलि संगै मौषम राना, नवीन रिजाल, हेमन्त बुढाथोकी, सुवास चन्द्र खरेल, राजेन्द्र अधिकारी, सुमन लिङ्देन, मनिक शंकर, सन्तोष दुलाल, जीवन बराल, सुजन भण्डारी, बलु राई, पासाङ ल्हामु शेर्पा र दिपक खरेलको अभिनय देख्न पाइन्छ ।

लगभग डेढ घण्टाको समयावधि भएको नाटक दमक स्थित निर्माणाधिण सभागृहको पुर्वपट्टी कदम थिएटरको हलमा मञ्चन भइ रहेको छ । सुरेश सापकोटाले नेपाली रुपान्तरण गरेको नाटकलाई परिकल्पना तथा निर्देशन सिजन दाहालले गरेका हुन ।
