विगत १५ वर्ष भन्दा बढी मनोरञ्जन क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आईरहेको प्लानेट मल्टिमिडीया ईन्टरनेश्नल प्रा.लि. ले झापा दमकमा Rock निरन्तर नामक साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
दिपक बज्रचार्य र उहाँको ११ जना ब्याण्ड सदस्य सहित दिपक बज्रचार्य प्रस्तुत हुन लागेका हुन् । दिपक बज्रचार्यद्वारा पूर्वमा यति बृहत साङ्गितिक प्रस्तुती दिन लागेको यो पहिलो पटक हो । यस अघि केही स्थानमा प्रस्तुती दिए पनि ११ जनाको समूह पहिलो पटक प्रस्तुत हुन लागेका हुन् जसमा १० जनाको नृत्य समूह पनि थपिनेछ । कार्यक्रममा एकै मञ्चमा २० भन्दा बढी कलाकार एकै चोटी प्रस्तुत हुनेछन् । Rock निरन्तर कार्यक्रम साङ्गितिक उत्सवको रुपमा मनाउने तयारी आयोजकले गर्दैछ ।
कोरोनाको महामारीका कारण सबै क्षेत्र ठप्प भएर हाल परिस्थिति सामान्य भए सँगै सबै क्षेत्र फेरी चलायमान भएका छन् । झापा दमक पनि निकै सम्भावना बोकेको र तिव्र विकासको गतिमा अघी बढिरहेको छ ।धेरै भन्दा धेरै पर्यटकिय तथा व्यसायिक सम्भावना बोकेको यस नगरपालिकामा यस्ता कार्यक्रम आयोजना हुनु वा गरिनु यस क्षेत्रका लागि र पर्यटकिय तथा व्यवसायिक कोणबाट निकै लाभदायक हुने आयोजकको विश्वास र कार्यक्रम आयोजना गर्नुको उद्धेश्य रहेको छ ।
कार्यक्रमको आयोजना यही कार्तिक ५ गते ईट्टाभट्टा स्कुल सरस्वती मा.वि. मा गरिने छ । यसका लागि आवश्यक स्विकृती तथा ब्याण्डसँग सम्झौता गरिसकिएको छ र पहिलो चरणको तयारी पूर्ण रुपमा सम्पन्न गरी सकिएको छ । कार्यक्रमको तयारी स्वरुप प्रारम्भीक प्रचार–प्रसार गरिने छ, जुन पूर्वाञ्चलका सबै क्षेत्र समेटिने गरी विभिन्न माध्यमबाट प्रचार–प्रसार गरिनेछ । जसमा सामाजिक संजाल, फ्लेक्स ब्यानर, पत्रपत्रिका रेडियो, टि.भि., अनलाइन पत्रिका, मुख्य शहरका विभिन्न ठाउँहरुमा स्टल राखी प्रचार–प्रसार गरिने छ ।
कार्यक्रमका अन्य गतिविधीहरुमा पूर्वाञ्चलका स्थानिय कलाकारहरुलाई पनि स्थान दिईने छ । कार्यक्रम ४० लाख हाराहारीको खर्चमा गर्न लागिएको हो भने प्रवेश टिकट दर विद्यार्थी सहुलियत दरको रू. ५०० (विद्यार्थी परिचय पत्र अनिवार्य) र अन्यको लागि रू. १००० राखिने छ । साथै कार्यक्रमको खर्च व्यवस्थापनको लागि विभिन्न प्राईभेट कम्पनी, सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहकार्यको लागि अपिल गरिएको छ ।
कार्यक्रममा अपेक्षित दर्शक संख्या ५००० भन्दा बढी रहेको छ । समग्रमा कार्यक्रम Rock निरन्तर: Live Concert With Deepak Bajracharya and Rhythm Band बृहत अनी भव्य रुपमा सम्पन्न गरिनेछ ।
कार्यक्रमको विवरणः–
मुख्य ब्याण्ड: Deepak Bajracharya and Rhythm Band
मिति: कार्तिक ५/ 22nd Oct 2022
स्थान: सरस्वती मा.वि., ईट्टाभट्टा स्कुल
आयोजक: Planet Multimedia International Pvt. Ltd.
अपेक्षित दर्शक: ५००० बढी
सम्पर्क नम्बर: ९८५२६३५०४१/९८४२७६३५८८