jQuery(document).ready(function($){ //
});

नेवा: पासा मुना पुच, बिर्तामोड द्वारा चौथो नेवारी फुड फेस्टिभल, बिर्तामोड स्थित वन स्टप कम्प्लेक्समा आयोजना गरिएको छ। कोभिडको कारणले गत दुइ बर्ष आयोजन हुन नसके पनि यो बर्षबाट फेरी यसलाई निरन्तरता दिईएको नेवा: पासा मुना पुचका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी गराउनु भयो।

कार्यक्रमको मूल उधेश्य नेवा समुदाएको कला संस्कृति, सभ्यताको साथै नेवारी विभिन्न खानको परिकारहरुको प्रचार र प्रबर्धन गर्ने रहेको पनि श्रेष्ठले बताउनु भएको छ। आयोजित फेस्टिभलमा नेवारी विभिन्न परिकारहरुको स्टल सखिएको थियो । जसमा नेवारी परिक्रमा निकै लोकप्रिय परिकारहरु य:मरि, वो (बारा), नेवारी खाजा सेट लगायतका दर्जन भन्दा बढी खानाका परिकारहरुको साथमा नेवारी भेष भुषा, घरायसी सरसामाग्रिहरुको स्टल पनि रहेका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

विभिन्न व्यक्तित्वहरु आमणत्रण गरि औपचारिक कार्यक्रमका साथमा करिब १० बजे बिहानबाट शुरु भै साँझ ६ बजे सम्म गरिएको सो एकदिने फुड फेस्टिभलमा करिब तिन, चार हजार व्यक्तिहरुबाट भ्रमण, अबलोकनक साथै नेवारी खानाका परिकारको स्वादको आनन्द लिएको आयोजकले जनाएको छ। आगन्तुक व्यक्तिहरुलाई आकर्षनको लागि लाखे नाच, नेवारी धिमें बाजाको पनि प्रदर्शनी सो फेस्टिभलमा गरिएकोथ्य्यो।

नेवा: पासा मुना पुच मुख्य आयोजक रहेको सो कार्यक्रम नेवा: ल्य्हाम्ह पुच, मिसा पुच: लगायत अन्य भात्री समूहहरुको सहकार्यमा आजको कार्यक्रम सफल रुपमा सम्पन्न गरिएको हो। अध्यक्ष दिनेश श्रेष्ठका अनुसार आगामी बर्षहरुमा यस कार्यक्रमलाई अझ परिष्कृत गर्दै नेवारी सभ्यतालाई अझ बढी परिचिर गर्दै यसको संरक्षण र प्रबर्धन गर्दै लैजाने उदेश्य सहित अझ बृहत र भब्य बनाउदै लैजाने पनि बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय