jQuery(document).ready(function($){ //
});

राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेको रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् ।

मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार राष्ट्रपति पौडेलले आममाफी दिएका हुन् । 

eHatiya

आम माफी दिइएकाहरूको नाम सार्वजनिक गरिएको छैन ।

कैद सजाय भोगिरहेका ४८२ जनाले  पनि पाए माफी

राष्ट्रपतिबाट कैद सजाय भोगिरहेका ४८२ जनाले माफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुने गरी रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय