jQuery(document).ready(function($){ //
});

।।अम्बिका भट्टराई ।।

सुदूरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित बनाएको छ ।

गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले यसअघि सार्वजनिक गरेको विरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हडतालको आयोजना गरेको हो । जसका कारण नौ  जिल्लाको जनजीवन प्रभावित हुन पुगेको छ । 

काठमाडौँमा समेत विरोध प्रदर्शन गरेका असन्तुष्ट समूहले आज सुदूरपश्चिम प्रदेश ठप्प पारेका छन् । सो हडतालका कारण सो प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन । 

प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधना चलेका छैनन् भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधना मात्रै छुटफुट रूपमा चलेका छन् । 

गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, सो अघि सुदूरपश्चिम भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटालाई विश्वविद्यालय बनाउने घोषणा पनि गर्नुभएको थियो । तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रूपमा अघि बढाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि सुदूरपश्चिमका  नागरिकमा असन्तुष्टि बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय