नेपाल बहुसख्यक सनातनीहरुको देश हो। नेपाल सरकारको जिम्मेवार पदमा रहेका बाहलवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बहुसंख्यक सनातनीहरुको आस्थामाथि चोट पुग्नेगरी दिएको गैरजिम्मेवार एवं निन्दनीय अभिव्यक्तिको वैदिक सनातन धार्मिक महासंघ घोर भर्तसना गर्दछ ।
संस्कार, संस्कृति, सभ्यता, भाषा र पहिचान बुझेको व्यक्ति संस्कृति मन्त्री हुनुपर्ने मान्यता छ । तर ९५ प्रतिशत ॐकार परिवार भएको देशको संस्कृति मन्त्री जस्तो उच्च ओहदामा भएका व्यक्ति नै सनातन धर्मको बिरुद्धमा देखिनु नेपालीहरुका लागि आँफैमा दुःखद विषय हो । हालै संस्कृति मन्त्री सूदन किरातीले “खिष्टियन धर्म नमान्ने सबै संविधानका विरोधी एवं राष्ट्रघाती हुन्” भनी दिएको अभिव्यक्ति अज्ञानताको पराकाष्ठा, सनातनीहरु मथिको ठाडो प्रहार एवं धार्मिक हिंसाको बिजारोपण हो र मन्त्री आयातीत धर्मका संरक्षक हुन् भन्ने हाम्रो बुझाइ रहेको छ । सनातनीहरुको रगत र पसिनाबाट उठेको करबाट तलब खाएर, सनातन धर्म र सनातनीहरु माथी प्रहार गर्दै विदेशी धर्मको संरक्षण गर्ने धर्मघाती, जनघाती एवं राष्ट्रघाती मन्त्री आवश्यक नरहेको ठहर गर्दै तुरुन्त राजिनामाको जोडदार माग गर्दछौं । सनातन संस्कृतिको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि वैदिक सनातन धार्मिक महासंघ तयार रहेको जानकारीका साथ यथाशीघ्र माफि माग्दै मन्त्री पदबाट राजीनामा नदिए भिषण धार्मिक आन्दोलनको सामना गर्न तयार रहन प्रेस बिज्ञापती जारी गर्दै चेतावनी दिएको छ ।