मिति २०७७ पुष २७ (जनवरी ११ २०२१) का दिन २९९ औं पृथ्वी जयन्ती परेको हुँदा पुस २७ लाई राष्ट्रिय एकता दिवस तथा नेपाली मौलिक पहिरन दिवसका रुपमा घोषणा गरि सार्बजनिक बिदा समेत प्रदान गरि रास्ट्र निर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह प्रति सम्मान प्रदान गर्न आवस्यक प्रक्रिया अगाडी बढोस भनि नेपाल सरकार समक्ष नेपाली राजदुतावास डेनमार्क मार्फत सहृदयता अन्तरराष्ट्रिय – डेनमार्कले ध्यानाकर्षण गराएको छ। २९९ औ पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस तथा नेपाली मौलिक पहिरन दिवसलाई राष्ट्रव्यापी रुपमा सरकारी तवर बाट पनि मनाइयोस् र यसलाई राष्ट्रिय दिवसका रुपमा मान्यता दिइयोस भन्दै नेपाली राजदुतावास डेनमार्क मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई ज्ञापनपत्र बुझाएको हो।
साथै उक्त भेटघाट तथा ज्ञापन पत्र बुझाउने कार्यक्रममा महामहिम लगायत मिशनको उप प्रमुख (Minister Counsellor / Deputy Chief of Mission) संग डेनमार्कमा रहेका नेपालीका समस्या र दूतावासले यस विश्वव्यापी कोभिड-१९ महाव्याधिको समयमा नेपाली हरुको हितमा के कस्ता सहजिकरणका कार्य गरीरहेको छ भन्ने बारे पनि छलफल भयो। छलफलको क्रममा हरेक नेपालीले आ-आफ्नो पेशा, व्यवसाय र छेत्रबाट नेपालको मौलिक प्रतिमानका आधारमा कार्य गर्नुपर्ने र नेपालको पुनर्जागरणमा सहभागी हुनेपर्ने धारणा व्यक्त गरियो।

सहृदयता अन्तरराष्ट्रिय – डेनमार्कका संयोजक पंकज चन्द ‘निगम’ ले ‘राज्यराष्ट्र’ अवधारणा र सिद्धान्त पुस्तक हस्तान्तरण गर्दै, आजको वैश्विक समाजमा विद्यमान अस्थिरता र घृणात्मक कित्ताकाटको समाधानका सुत्रहरु राज्यराष्ट्रले अगाडि सारेको बताउनु भयो। पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस र नेपाली मौलिक पहिरन दिवसलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा नेपाली मौलिकताको अभ्यास गर्दै (मौलिक रैथाने पहिरनमा सजिएर बिभिन्न सांस्कृतिक भेला, गोष्ठी, झाक्री लगायतका गतिविधि) भव्यताका साथ मनाउने चलनलाई प्रवर्द्धन गर्ने कुरा दुतावासले सकारात्मक रुपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त ज्ञापनपत्र बुझाउने भेटघाटमा सहृदयता अन्तरराष्ट्रिय बाट संयोजक पंकज चन्द ‘निगम’, उप-संयोजक बादल महर्जन, सचिव जनक सुवेदी तथा एनआरएनए डेनमार्कका निवर्तमान अध्यक्ष यमलाल सुवेदीको उपस्थित रहेको थियो। डेनमार्कमा कोभिड-१९ माहाव्याधिको कारण ५ जनाभन्दा बढी जम्मा हुन नपाउने प्रतिबन्ध रहेको कारण सहृदयता अन्तरराष्ट्रिय – डेनमार्कले आयोजना गर्ने भनिएको पूर्वनिर्धारित जमधट र कार्यक्रमहरु रद्द गरिएका छन्।







