एन्फा द्वारा आयोजित सि डिभिजन क्वालिफायर खेलमा चोरङ्गन फुटबल क्लबले आजको खेलमा फेलोशिप फुटबल क्लब सङ्ग जित हासिल गरेको छ।
आयोजित खेल एन्फा कम्प्लेक्समा भएको थियो। चोरङ्गन फुटबल क्लबको तर्फबाट तिन खेलाडीले गोल गर्दै ३-० अङ्कले जित हासिल गर्न सफल भएका थिए ।
चोरङ्गन फुटबल क्लबको तर्फबाट प्रिन्स ब्यन्जकार, सुनिल माझि र बिबेश खड्काले गोल गर्न सफल भएका थिए।

एक गोलका साथ खेलमा राम्रो प्रदर्शन गरेकोमा खड्काले मेन अफ द म्याच पाउन सफल भएका थिए ।
उक्त चोरङ्गन फुटबल क्लबको आगामी खेल श्री कुमारी फुटबल क्लब सङ्ग रहेको र सो खेल पनि उत्कृष्ट खेल्ने, चोरङ्गन फुटबल क्लबका खेलाडी अनुप मगरले जानकारी दिए ।






