बिराटनगर जेसीजद्वारा बिराटनगरमा १७५ घरधुरीलाई जाडोको कपडा वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका यस क्षेत्रका विपन्न परिवारलाई जाडोको विभन्नि कपडा वितरण गरिएको हो । जाडोले कठाङीयका १२० घर धुरिलाइ न्यानो कपडा बितरण गरेको छ, जसमा कमल , म्याट ७५ घर र फाइबर सिरक १०० घर गरि १७५ घर लाई बितरण गरिएको हो ।

मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य हो भन्ने नारालाई आत्मासाथ गर्दै शाखाले यो कार्य गरेको हो । उक्त कार्यक्रम बिराटनगर वार्ड १८ र ४ साथै बिराटनगरका बिपन्न घर पहिचान गरि घरमै पुगेर बितरण गरेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथीमा नेपाल जेसीजका पुर्व रास्ट्रीय अध्यक्ष सिनेटर फुलकुमार लालवानी, शाखाका पुर्व अध्यक्ष टिपि आचार्य र जेसि श्यामसुन्दर पौडेल वार्ड अध्यक्षहरु र वार्ड सदस्य ,समाजसेवीहरुको उल्लेख्य उपस्तिथि रहेको थियो कार्यक्रमको सभापतित्व २०२२ का अधयक्ष देवचन्द्र घिमिरेले गर्नु भएको थियो भने सञ्चालन महासचिव सुभाष भण्डारीले गर्नु भएको थियो ।






