
गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश हुन सफल भएको छ।

शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । एक/एक गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेललाई टाइब्रेकरमा लगिएको थियो ।

टाइब्रेकरमा गोर्खा ब्वाइजको चारवटै प्रहार गोलमा परिणत भएको थियो भने दार्जिलिङ पुलिस क्लबका दुई खेलाडीले गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो ।

शनिबारको खेलको म्यान अफ द म्याच विजयी टिम गोर्खा ब्वाइजका अवाडे भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुने खेल संयोजक मोहन मगरले जानकारी दिए ।