।।भोजराज घिमिरे ।।मोरङ्ग।।
अबिरल आएको बर्षाका कारण बाढीबाट बिराटनगर ७ स्थित सुकुम्बासी बस्ती डुबान परेकाले खान लाई समस्या भएको हुनाले हाम्रो प्रयास टिमले ७०घर परिवार लाई १ घर १ बोरा चामल,३ केजि चिउरा ,चाउचाउ र बिस्कुटका दरले सबैलाई खाद्यानिय सामाग्री उपलब्ध गराएको छ।

उक्त कार्यक्रमको अध्यक्षता हाम्रो प्रयासकि अध्यक्ष सावित्री ढकालज्युले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी हाम्रो प्रयासका सल्लाहकार एवं वरिष्ठ अधिवक्ता रुपेश कोइराला ज्यु हुनुन्थियो साथै अतिथिमा समाज सेवि अशोक बिस्ट, वाडका जन प्रतिनिधि पदम श्रेष्ठ, हाम्रो प्रयासका सम्पुर्ण कार्यसमिति र स्थानीयको उपस्थिति रहेको कुरा सचिब देवचन्द्र घिमिरेले जानकारी दिनु भयो।






