jQuery(document).ready(function($){ //
});

दमक , १८ भदौ । विगत १६ वर्ष (२०६२ साल) अगाडीको चर्चित साली कमला नामक गीत को भाग २ आज बोकेदारी मीडिया अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ। बोकदरी श्री कृष्ण लुइँटेल नेपाली हाँस्य व्यङ्ग संगीत क्षेत्र का एक महान हस्ती हुन् । दर्शकको मनोरंजनका एक पछि अर्को समय सान्दर्भिक गीत संगीत प्रस्तुत गरिनै रहन्छन्।

विशेष गरी उनको गीत / शब्दमा समाजमा घटेको घटना विषय वस्तु छर्लङ्ग झल्किएको हुन्छ। सायद नै “साली कमला विमला त पोइला गईन दोकान समाल” नसुन्ने नेपाली होलान् । सोही गीतको भाग २ आज करिब १६ वर्ष पछि बजारमा सार्बजनिक भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

गीतमा पनि एकदमै रमाइलो नाटकीय प्रस्तुती रहेको छ। साली भेना को रमाइलो हसी मजाक ख्याल ठट्टा बीच रहेको गीत का संगीत/गायन/शब्द स्वयम बोकेदरी एबम् श्री कृष्ण लुइँटेलले गरेका छन् भने गीतको छायानकन केशव रायमाझिले गरेका छन्।

म्युजिक भिडियोमा केशव रायमाझि , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, संगीता यादव, सुष्मा सुवेदीको प्रस्तुती रहेको छ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय