
नेकपा माओबादी केन्द्रबाट प्रदेश सभा सदस्यमा झापा ५ (ख)मा आफ्नो प्रमुख दाबेदारी रहेको वाइसिएलका केन्द्रिय सचिव कर्मा पुलामी (डम्बर)ले बताएकाछन् ।
पुलामीलाइ समानुपातिकबाट सिफारीस गरेको भनी १.नं प्रदेशलाई क्षेत्र न.०५ ख झापा निर्वाचन परिचालन समिती प्रमुख बिरेन्द्र बस्नेतले बुधबार एक वक्तव्य सार्बजनिक गरेका थिए। सो वक्तव्य जारी भएपछि विहिबार फेरी सुधारिएको भन्दै उनको नाम प्रत्यक्षमा सिफारीस भएको हो ।
मेरो नाम त सर्वसम्मत रुपमा नै प्रदेश सभाका लागि आएको थियो तर मेरो नाम नै हटाएर बाहिर ल्याईएको रहेछ त्यो सत्य थिएन र अहिले सुधारेर बाहिर आएको छ, पुलामीले भने । मेरो शशक्त उम्मेद्वारी दाबी हो र उम्मेद्वार बन्ने हो, उनले भने ।
पुलामी जनयुद्ध लडेका एक शशक्त युवाहुन् । १३ बर्षको कलिलो उमेरदेखि उनि जनयुद्धमा होमिएका थिए । लडाई लडेर ल्याएको परिवर्तन जनताका लागि भएकाले त्यो अनुभुत गराउने गरी काम गर्ने सोच मेरो हो, उनले भने ।
उनको बारे थप:-
छापामारदेखि युवा नेतृत्वसम्म डम्बर उर्फ कर्म।ताप्लेजुङ हाङपाङ ८ मिचिरिङमा २०४४ सालमा बुबा कूलबहादुर र आमा अम्बिका पूलामीको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका डम्बर पूलामी अहिले कर्म पूलामीको नामले युवा राजनीतिमा चिनिएको नाम हो ।
हाङपाङ माविमा पढ्दा पढ्दै १४–१५ बर्षको कलिलो उमेरमा नै तत्कालिन नेकपा माओवादीेले सञ्चालन गरिरहेको सशस्त्र क्रान्तीको छाप बस्यो । विद्यार्थी संगठनमा आवद्ध हुँदै माओवादी जनयुद्धमा होमिएका पुलामीका बुबा सरकारी जागिरे । गाविस सचिव त्यसपछि स्कूलका शिक्षक । परिवारमा आफ्नो लागि त्यस्तो अभाव र दुखको अनुभुति गर्नु परेको थिएन । किशोरावस्था हुँदै जब उनी युवा उमेरमा प्रवेश गरे माओवादी जनयुद्धको छापामार अर्थात जनसेनाको जिम्मेवारी आई पर्यो । सिपाही हुँदै कमाण्डर सम्मको जिम्मेवारी सम्हालेका पूलामीले पूर्वका धेरै लडाइँहरुको नेतृत्व गरेर माओवादी जनयुद्धलाई चर्काए । मोरङको जाँते र इलाममा तत्कालिन शासकका पहरेदार ( सेना प्रहरी ) संग कैयौं पटक आम्ने साम्ने भएर भिडे । मर्ने बाँच्ने कुराको ठेगान त हुँदैन थियो तर पनि युद्धमा गएको सिपाही मैंले त्यो बेला युद्ध हार्ने कुराको कल्पना सम्म कहिल्यै गरिन् – पूलामीले युद्धताकाको अनुभव सुनाए । धेरै सहयोद्धाहरुले ज्यान गुमाउनु पर्यो शहादत प्राप्त गरे । कैंयौं सहयोद्धाहरु घाईते भई अपाङग बने । त्यसबेला उपचारका लागि त्यस्तो सुविधा थिएन । रातारात लुकिछिपी अस्पतालमा पुग्नु पथ्र्यो । त्यहाँ पनि शासकहरुका सुराकी हुन्थे । अस्पतालमा जानु उपचारका लागि त छर्दै थियो तर बाँचेर आइएला भन्ने कुनै ग्यारेन्टी हुँदैन थियो ।
पूलामी जस्ता कैयौं योद्धाहरुको मन हारेको थिएन । देशमा विद्यमान असमानता, वर्गीय विभेद र तत्कालिन शासकको ज्यादती अन्त्य गर्दै निरंकुश राजतन्त्रलाई घुँडा टेकाई छोड्ने र जनताको सत्ता स्थापित गर्ने लक्ष्यमा निरन्तर योद्धाहरु ल्डिरहेका थिए । तत्कालिन सरकार र जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादीबिच पटक पटक शान्ती प्रकृयाको थालनीका लागि वार्ताहरु भए । एकातिर वार्ताको पहल भईरहेको थियो अर्कातिर माओवादी जनयुद्धका सिपाहीदेखि कमाण्डर सम्मका योद्धाहरु पार्टीले लिएको लक्ष्य र उदेश्य पूरा हुने भए मात्रै वार्ताको टेवलमा बस्ने अडान लिइरहेका थिए । अन्तत वार्ताले सकारात्मक रुप लियो । माओवादी कार्यकर्ताहरुदेखि युद्ध हाँक्ने जनसेना पूलामी जस्ता छापामारहरुलाई क्याम्पेनिङ गर्ने योजना अघि बढ्यो । अन्तराष्ट्रियस्तरको संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको निगरानीमा जनसेनाहरुलाई देशभरका सात स्थानमा मुख्य डिभिजनहरु स्थापना गरेर अनमिनकै खर्चमा २०६३ मसिंरदेखि राख्न थालियो । ६ महिना सम्ममा सबै जनसेनाहरुको व्यवस्थापन गरिसक्ने अनमिन र सरकारले प्रतिबद्धता जनाए । तर यो क्रम शुरु हुन झण्डै ५ बर्ष लाग्यो । कतिपय जनसेनाहरुमा एक किसिमको नैराश्यता पनि जाग्यो । जसका कारण कैयौं जनसेनाहरु शिविरबाट पलायन भए । कोही देशै छोडेर रोजगारीका लागि खाडी मुलुकहरुमा लागे ।
२०६४ सालमा जनसेनालाई शिविरमै राखेर माओवादीसहित तत्कालिन अन्य पार्टीहरु समेत जनताको संविधान जनताकै हातबाट लेखाउने दृढ अठोटसहित संविधान सभाको निर्वाचनमा केन्द्रित भयो । माओवादी पार्टी देशकै ठूलो पार्टीका रुपमा स्थापित भयो । जनसेनाको भुमिका निर्वाचनमा अप्रत्यक्ष रुपमा रह्यो । कैयौं जनसेनाहरु निर्वाचनमा पनि खटिए भने शिविर बसाइ पनि जारी नै थियो । मुलुकले संविधान त पाउन सकेन तर संविधान सभाको पहिलो बैठकले मुलुकबाट राजतन्त्रलाई विधिवत रुपमा अन्त्य गर्यो । अरु उपलब्धी खास हात पर्न सकेन । संविधान सभा मार्फत जारी भएको संविधानले आम उत्पीडित, शोषित, दमित जनताका अधिकारको ग्यारेन्टी गर्ने कुरा क्रमश छायाँ पर्दै गयो । तर पनि शिविरमा बसाईएका माओवादी जनसेनाहरुको व्यवस्थापन गर्ने दिशामा तत्कालिन सरकार र दलहरु क्रियाशील भए । २०६७–०६८ तिर माओवादी जनसेनाका लागि विकल्पसहित सेनामा समायोजनको अवसर मिल्यो । पूलामीले सेनामा भर्ति भएर सरकारी जागिरे हुन भन्दा स्वैच्छिक अवकाश रोजेर पार्टीले लिएको राजनीतिक उदेश्य पूरा गराउन खुल्ला राजनीतिको प्रतिस्पर्धामा आउने हिम्मत गरे ।
बन्दुक र गोलीमा अभ्यस्त भएका पुलामीले स्वैच्छिक अवकाश रोजेर माओवादी राजनीतिलाई नै अघि बढाउने सोच राखे । पार्टीले पनि शिविरबाट बाहिरिएका पुलामी जस्ता जनसेनालाई पार्टीको उत्तराधिकारी संगठनका रुपमा रहेको योङ कम्युनिष्ट लिग ( वाइसिएल)को विभिन्न जिम्मेवारी दिएर भुगोल राजनीतिमा सक्रिय हुने मौका प्रदान गर्यो । जनसेनाको प्रथम डिभिजनमा रहेका पूलामीले प्राइवेट एसएलसी र त्यस पछि प्लस टु सम्मको अध्ययन गर्ने मौका शिविरमा छदैं सदुपयोग गरिसकेका थिए । अब राजनीतिमा नै सक्रिय हुनु पर्यो भन्ने लागेर पढाई छोड्दै वाइसिएलको तत्कालिन झापा क्षेत्र नं ७ मा उनले क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाले । शिविरबाट स्वैच्छिक अवकाश रोजेका, विगतमा माओवादी जनयुद्धमा लागेका र सहयोग पुर्याएका युवाहरुलाई समेटेर
उनले वाइसिएलको संगठन झापामा विस्तार गर्दै लगे । परिणाम स्वरुप उनी वाइसिएल झापाको अध्यक्ष र पार्टीको निर्वाचित जिल्ला सदस्य समेत भए । ति दुवै जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरेका पूलामी माओवादी केन्द्रले यस अघि निर्माण गरेको जम्बो केन्द्रीय आयोजक समिति सदस्य समेत भए ।
पार्टीले पछि त्यो कमिटी भंग गर्यो । अहिले उनी वाइसिएलको केन्द्रिय सदस्य तथा प्रदेश नं १ को संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् । राजनीति र व्यवसायलाई युवाहरुले संगसंगै डोहोर्याउन सके मात्रै राजनीतिमा सक्रिय हुन सकिन्छ भन्ने चेत पाइसकेका उनी पार्टी संगठन निर्माणका अतिरिक्त शिविरबाट बाहिर निस्किएपछि व्यवसायिक कृषि उद्यममा पनि लागे ।
सरकारको निरिहपन र गैह्रजिम्मेवारीका कारण पूलामी जस्ता कैयौं नेपाली युवाले शुरु गरेको व्यवसायिक कृषि उद्यम ( बंगुरपालन) अहिले बंगुरको बजार अभावका कारण संकटमा पर्यो । भारत तर्फ निर्यात गरिदै आएको बंगुरको निकासीमा भारतले रोक लगाएपछि व्यवसाय मात्रै धराशायी भएन पूलामीले स्वैच्छिक अवकाश रोजे वापत पाएको भत्ता तथा सुविधा वापतको रकम वंगुरपालनमा नै स्वाहा भयो । तापनि आफ्नो पुख्र्यौली थलोमा रहेको सानो तिनो पुँजी, आफन्त, साथीभाईहरुको सरसहयोग र परिवारका सदस्यहरुको मेहेनत र परिश्रमले अहिले दमकको वडा नं ४ मा बास बस्ने एउटा घर घडेरीको व्यवस्था गरेका छन् । पहाड तराई दुवै तर्फ परिवारको बसोबास भएकाले दुखसुख गुजारा चलेको छ । युवाहरुलाई राजनीति संगै व्यवसायिक र दिगो आय आर्जनका बाटोमा पनि लगाउन सके मात्रै राजनीतिप्रति युवाको आकर्षण बढ्ने र मुलुकलाई समृद्धीका बाटोमा डोहोर्याउने युवा जनशक्तिको सदुपयोग हुने उनको बुझाई छ ।