
काठमाडौं, १६ चैत २०८१ – आत्माज्ञान गुरु / साल २०८२ , अन्कगणित अनुसार २+०+८+२ = १२ = १+२ = ३ अर्थात बृहस्पति को अन्क अर्थात यो साल को प्रभाव अनुसार राजा सुर्य र मन्त्री चन्द्रमा रहदा बृहस्पति पनि उतिकै सकृय रहनेछन । यो साल २०८२ को सुर्योदय को समय अनुसार मीन लग्नमा सुर्योदय हुदा चन्द्रमा तुला राशीमा रहनेछ लग्नेश बृहस्पति पनि रहनेछन । लग्नमा चतुर्ग्राही योग निर्माण गरेको यो साल सिदार्थी नामको संवत्सर रहेको छ ।
जस अनुसार योगि , साधु , धर्म अनि नीति को साल पनि बन्नेछ । यो साल को सुरुवातमै अर्थात वैशाख मै नेपाल मा ठूलो राजनीतिक हलचल हुनसक्छ। राजतन्त्र को कुरा अन्तिम लडाई बन्न सक्ने यो साल राजाले जनता को भावना लाई सम्बोधन गरे र धर्मपरायण बने परिवर्तन हुने केही बलियो सम्भावना त बनेको छ साथै यो साल पश्चात् राजतन्त्रको मुद्दा पनि हराउने छ।
यो साल को सुरुवात यस्तो छ कि उदयकालिन वा सुरुवातमा नै विभिन्न योगहरु लिएर आउनेछ । यो साल सरकार र कर्मचारी एकअर्काको विरुद्ध जानसक्ने छन ।राहु र केतु ले अनि शनि र बृहस्पतीले पनि लगतै राशि परिवर्तन गर्ने यो साल नेपालका लागि ब्यबस्था परिवर्तन को साल बन्ने पक्का छ। अझ राहु र शनि दुवै लग्नमा बसेर जम्मा १° मा रहदा कहाली लाग्ने प्रेत योग निर्माण गर्दछन जस्को प्रभाव स्वरुप सामुहिक मृत्यु वा मास देथ सम्म गराउन सक्छ। यो साल भलही सिदार्थी नामक संवत्सर होस तर विस्फोट ले सुरुवात हुनसक्छ वा भनौ बलिदान र क्रान्तीले सुरुवात हुन सक्छ। कयौ दिन कहाली लाग्दो बन्न पनि सक्छ। यो साल देश को अवस्था र ब्यबस्था दुवै परिवर्तन हुन्छ ।
यो साल बाहिय शक्तिको प्रभाव भन्दा भित्री उर्जा र शासन को साल रहनेछ। नेपाल बाहेकका अन्य मुलुकलाई भने विभिन्न आरोप लाग्ने छ जस्तै भारतलाई अन्तरास्ट्रिय स्थरमा गुप्तचर गतिविधि गरेको आरोप लाग्न सक्छ , रुसलाई अपहरण गरेको आरोप लाग्न सक्छ भने पश्चिमी मुलुक अमेरिका लगायत फ्रान्स , क्यानेडा , युरोपेलि देशहरुमा अवैध कारोबार तथा तसकरी को मुद्दाले हलचल गराउनेछ। नेपालमा भने केही नेताहरुलाई निकै गारो समय रहनसक्छ । नेताहरु जेल चलान हुने देखि अचेत अवस्था वा मृत फेला पर्ने समेत को अवस्था हुनसक्छ। कुनै स्थानमा ठूलो रकम लुकाईएको वा केही अमूल्य धन वा सम्पत्ति लुकाईएको कुरा खुल्नेछ वा भेटिनेछ ।
देश आर्थिक संकटमा गएको पुष्टि हुने गतिला प्रमाणहरु बाहिरिने छन। जेष्ठ महिना देखि देशमा नयाँ आर्थिक नीति वा योजना आउने देखिन्छ। सडकमा नागा , साधु , धार्मिक गुरु लगायतको बाक्लो भिड देखिनेछ। यो साल मानिसहरुमा पुराना औषधि र खोप को रियाक्सन वा जैविक रोगहरु देखिन सक्छन । मन को कारक चन्द्रमा आफू अष्टम स्थानमा रहेको उदयकालिन समय जस्का प्रभावले मानिसमा फ्रस्टेसनले चरम सिमा नाघ्ने अवस्था बनाउनेछ। डर , त्रास अनि अस्थिर मन र बिचार का कारण धेरै मानिसहरुले गलत उपाय अपनाउदा मृत्युु वा जिवन्त कष्ट भोग्नु पर्ने हुनसक्छ। त्यस्तै सुर्य को प्रभाव को यो सालमा एकातर्फ हतियार सहित मानिसहरु बाहिर निस्किनेछन । राज्यलाई ठूलो चुनौती थपिनेछ । २० बर्ष अगाडी को ईतिहास दोहोराउने यो सालले धर्म र शासन लाई बहनगर्नेछ। आगलागी र जलप्रभाव झन तिब्र हुनेछन । यस्तो नजरा देखिने छ कि मानौ अग्निलाई बस्त्र बनाएर प्रकृतीले परिवर्तन गर्दैछिन ।
बैशाख १२ गते बाट लग्न कुण्डलि पूर्ण कालसर्प योग युक्त बन्दैछ जस्मा सम्पूर्ण ग्रहहरु राहु र केतु को बिचमा रहनेछन। कालसर्प योग को अवस्था आफै एउटा बलियो राजयोग पनि बन्दछ भने बिनाशक योग पनि बन्दछ। मानौ यो साल स्वयं मा भगवती कालीले भैरवलाई लिएर ताण्डव गर्नेछिन । उदयमान पाथिभरा कालिका को घटना अनि देश को अवस्था दुवै २० बर्ष पछि को समय अनि बैशाख १२ देखि सुरु हुने कालसर्प योग सबै कुरा एउटा विशाल परिवर्तन अनि युद्ध को संकेत बन्न सक्छ। फेरि पनि राजधानी रङ्गिन बन्दैछ। अन्य प्रबिधि र बिकासका लागि भने विश्व जगतमा नै नया परिक्षण को स्वरुपमा देखिने केही आकाशयान र अन्तरिक्ष को केही सूचना भने अवश्य रहनेछन। केही शक्तिशाली देश जस्तै अमेरिक , रुस , बेलायत लगायत देशमा मुद्रापरिवर्तन हुन सक्ने अवस्था छ भने औषधि र ल्याब को क्षेत्रमा अतुलनीय बरदान स्वरुप केही दीर्घकालीन रोगको उपचार सम्भव बन्नेछ। सुर्यको प्रभावले पूर्वी एसियाका केही देशमा कर्मचारी आन्दोलन वा बिबाद चुलिनेछ ।ताईवान , ईन्डोनेसिया , थाइल्यान्ड , भेईटनाम , मलेसिया लगायत क्षेत्रमा जल प्रभाव , सुनामी एवम प्राकृतिक प्रभाव चुलिनेछन। त्यस्तै दक्षिण एसियाका मूलुकहरु विस्थापित मूलुकहरुमा सत्ता पुर्नस्थापना र सरकार परिवर्तन हुनेछ। भारतमा र नेपाल दुवै देशका केही सत्तासिन उच्चपदस्थ मन्त्रीहरुमा हृदयघात को खतरा बढ्ने छ। फेरि पनि एकपल्ट कुनै नया भाईरस वा फ्लू ले तहल्का मचाउन सक्छ। ईतिहासकालिन स्वर्णमुद्रा र अन्तर्राष्ट्रिय प्रदर्शनिको आयोजना हुनसक्छ। धेरै जसो मुस्लिम देशहरुमा बिभिन्न सम्मेलन्न तथा भेटघाट एवम ईस्लामिक राज्य सम्बन्धिका केही विशेष निर्णय हुनेछन। यो साल अन्तरास्ट्रिय ईस्लामिक एकता बन्न पनि सक्छ। विभिन्न देशहरुको आन्तरिक मामिला ले गर्दा बिद्रोह भएर मानिसहरुले देश छोडेको समचार बन्नेछन। यो साल अकल्पनीय छ ।
प्रकृति र बायुमण्डल को बेजोड नमुनाहरु देखिनेछन । आकाशमा एकसाथ असंख्य ताराहरु देखिनेछन । ग्रहहरुको प्रभाव पनि तिब्र रहनेछ । अपुष्ट भएका पुराना घटनालाई पुष्ट गर्ने यो साल एक्दम दुर्लभ नै बन्नेछ। संसार भावमय बन्ने यो सालले आर्थिक अवस्थालाई भाद्र पश्चात् केही उकालो लानेछ । देशमा तथा परदेश वा भनौ अन्तरास्ट्रिय जगतमै नयाँ मुद्राका नीति आउनेछन । सेयर बजार तथा कारोबार पनि छलाङ मार्नेछ। बैंक तथा बितिय संस्था ले धेरै लचकता ल्याउनेछन । लगानीका लागि नयाँ नयाँ ढोकाहरु खुल्नेछन । यो साल पुराना अपूर्ण कार्य लाई पूर्ण गर्ने साल हो । यो सालमा मनुष्यले जिवनको महत्त्व पनि बुझ्नपाउनेछन । एकसाथ अनेक सुर्यको प्रभावलाई छल्काउने यो साल बहुआयामिक बन्नेछ भने स्पष्ट उर्जाका नयाँ श्रोतले खनिजताको ब्यबस्थापन पनि बद्लिनेछ।
यो साल हिमशिखरहरुमा निकै प्रभाव पर्दा पर्वत क्षेत्रहरु ग्रस्त बन्ने सम्भावना छ। अन्तरास्ट्रिय जगतमा केही देशहरु को मुद्दा वा युद्ध किनार लाग्नेछ र केही देशहरुका भुभाग अलघिएर नयाँ देश बन्नसक्छन । शान्ती को खोजी लाई प्रमुख बनाउने यो सालले योग , ध्यान , साधना र नेपाल मा भने वैदिकताको प्रभावलाई प्रत्यक्ष झलकाउने छ।२०८१ मा गरिएका कति निर्णय विरुद्ध मुद्दा पर्नेछ भने छिमेकी मूलुक भारतमा पनि यसको उतिकै प्रभाव पर्नेछ। भारत र नेपाल को सम्बन्ध केही चिसिने सक्छ भने अन्तरास्ट्रिय समुन्द्रीक पोर्ट वा भनौ समुन्द्र संगको नेपाल को पकडको बिषयमा राम्रो चर्चा चल्नु साथै उपलब्धि मूलक परिणाम निस्किनेछ। केही पार्टीहरु एकाअपसमा गाभिनेछन भने केही ठूलापार्टी ले सोच्दै नसोचेको एजेन्डा ल्याउनेछ । बस यो साल २०८२ भनेको मुलतः क्रान्ती , बिद्रोह , परिवर्तन र ईतिहास दोहोर्याउने समय बन्नेछ्।
आत्माज्ञान गुरु