
झापा, दमक – लागू औषध दुर्व्यसन न्यूनीकरण तथा सचेतना अभिवृद्धि गर्न इलाका प्रहरी कार्यालय दमकको सभाहलमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८१ चैत्र ४ गते बिहान ११:१५ बजेबाट सुरु भएको कार्यक्रम दुर्व्यसनमा फसेका युवा, युवती तथा अभिभावकहरू लक्षित थियो। यो कार्यक्रम प्रत्येक हप्ता सोमबार र बिहीबार सञ्चालन हुने योजना अनुरूप अगाडि बढाइएको हो।
कार्यक्रममा अन्दाजी २५ जनाको उपस्थिति रहेको थियो। लागू औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईले प्रशिक्षण दिएका थिए। प्रशिक्षण मार्फत दुर्व्यसनको असर, न्यूनीकरण उपाय तथा सामाजिक पुनःस्थापनाका विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम दिउँसो १२:०० बजे समापन गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। स्थानीय समुदाय, अभिभावक तथा प्रहरीको सहकार्यमा लागू औषध दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रहरीले उल्लेख गरेको छ।