
विराटनगर, चैत्र १६ – हाम्रो प्रयास संस्थाको आयोजनामा बेहुलीको जुत्ता र चप्पल बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर महानगरपालिका वडा नं. ७ मा चैत्र ९ देखि १५ गतेसम्म सञ्चालित उक्त तालिममा १० जना सहभागी थिए सहभागी हरु लाई प्रमाणपत्र दिएको थियो। तालिमको समापन समारोहका प्रमुख अतिथि महिला पुनर जागरण मञ्चकी अध्यक्ष जेष्ठ नागरिक प्रभा आचार्य रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका पूर्व न्यायधिवक्ता रूपेश कोईराला हुनुहुन्थ्यो। साथै, सिर्जनशील समाजकी अध्यक्ष अनुपमा रिजाल पनि अतिथिका रूपमा उपस्थित थिइन्। समापन कार्यक्रममा हाम्रो प्रयास संस्थाकी अध्यक्ष सावित्री ढकालले तालिमको उद्देश्यबारे जानकारी दिँदै महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताइन्। तालिम संयोजक गीता पोखरेल, सचिव बाला पोखरेल, कोषाध्यक्ष ज्ञानु राउत थापा, वडा नं. ७ की सदस्य लिला श्रेष्ठ, गीता विश्वकर्मा, तथा प्रशिक्षक सरला भट्टराई घिमिरेलगायत संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रशिक्षक सरला भट्टराई घिमिरेले सहभागीहरूलाई जुत्ता तथा चप्पल बनाउन आवश्यक सामग्री, डिजाइन, र निर्माण प्रक्रियाका बारेमा व्यावहारिक ज्ञान प्रदान गरेकी थिइन्। तालिमका सहभागीहरूले सिकेको सीपलाई भविष्यमा व्यवसायिक रूपमा उपयोग गर्ने योजना बनाएका छन्। कार्यक्रमको सञ्चालन सचिव बाला पोखरेलले गरेकी थिइन् भने स्वागत मन्तव्य प्रमिला कर्णले प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको सभापतित्व हाम्रो प्रयास संस्थाकी अध्यक्ष सावित्री ढकालले गर्नुभएको थियो। हाम्रो प्रयास संस्थाले यसअघि पनि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता जनाएको छ।