
दमक , १८ भदौ । विगत १६ वर्ष (२०६२ साल) अगाडीको चर्चित साली कमला नामक गीत को भाग २ आज बोकेदारी मीडिया अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ। बोकदरी श्री कृष्ण लुइँटेल नेपाली हाँस्य व्यङ्ग संगीत क्षेत्र का एक महान हस्ती हुन् । दर्शकको मनोरंजनका एक पछि अर्को समय सान्दर्भिक गीत संगीत प्रस्तुत गरिनै रहन्छन्।

विशेष गरी उनको गीत / शब्दमा समाजमा घटेको घटना विषय वस्तु छर्लङ्ग झल्किएको हुन्छ। सायद नै “साली कमला विमला त पोइला गईन दोकान समाल” नसुन्ने नेपाली होलान् । सोही गीतको भाग २ आज करिब १६ वर्ष पछि बजारमा सार्बजनिक भएको छ।
गीतमा पनि एकदमै रमाइलो नाटकीय प्रस्तुती रहेको छ। साली भेना को रमाइलो हसी मजाक ख्याल ठट्टा बीच रहेको गीत का संगीत/गायन/शब्द स्वयम बोकेदरी एबम् श्री कृष्ण लुइँटेलले गरेका छन् भने गीतको छायानकन केशव रायमाझिले गरेका छन्।
म्युजिक भिडियोमा केशव रायमाझि , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, संगीता यादव, सुष्मा सुवेदीको प्रस्तुती रहेको छ।