jQuery(document).ready(function($){ //
});

नेपाली काङ्रेस को घर घर जाउ काङ्रेस जिताउ अभियन अन्तर्गत क्षेत्र स्तरको कार्यक्रम बृहत् आमसभा गर्दै मिक्लाजुङ मा सम्पन्न भएको छ | क्षेत्रीय कार्यसमितीको आयोजना र नेपाली काङ्रेस मिक्लाजुङ गाउँ कार्यसमितिको ब्यवस्थापन मा आयोजित सभा को सभापतित्व क्षेत्र न १ का सभापती शंकर राई ले गर्नु भएको थियो भने प्रमुख अतिथी पुर्व रक्षामन्त्री मिनेन्द्र रिजाल , बिशिस्ट अतिथी केन्द्रिय सदस्य डा डिला सङ्रौला, विशिष्ट अतिथि प्रदेस न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की , अतिथी जिल्ला सभापती डिग ब लिम्बू, लगायत केन्द्र, जिल्ला , र क्षेत्र तथा गाउपलिका स्तरको नेता तथा कार्यकर्ता हरुको भब्य उपस्थिती रहेको थियो ।

आम सभा लाई सम्बोधन पुर्व रक्षा मन्त्री मिनेन्द्र रिजाल ले गठबन्धन को बिषय स्थानिय तह लाई नै निर्णय गर्ने अधिकार दिएको ले मिक्लाजुङ मा के गर्ने भन्ने बिषय मा स्थानिय तह लाई नै अधिकार रहेको ले सुझबुझ पुर्ण निर्णय लिन अनुरोध गर्नु भयो | त्य्स्तै आमसभा लाई सम्बोधन गर्दै डा डिला सङ्रौला ले अब को स्थानिय तह निर्वाचन मा महिलाहरु लाई सदस्य र उपमेयर मा मात्र सिमित नभैइ वडाध्यक्ष र मेयर बनाएर लैजाने मा जोड दिनु भयो | त्य्स्तै कार्यक्रम का बिशिस्ट अतिथी प्रदेस १ का आन्तरिक मामिला तथा कानुन मन्त्री ले गठबन्धन का दल हरु सङ्ग सत्ता साझेदार गर्न सकिने तर मत रुख बाहेक अरु तिर हाल्न नसकिने भन्दै चुनावी गठबन्धन नगरी काङ्रेस एक्लै लडेर हार वा जित जे भए नि जनमत को सम्मान गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो , साथै जिल्ला सभापती डिग ब लिम्बू ले अहिले काङ्रेस बिच को एकता नै जित्ने बलियो आधार रहेको भन्दै एकताबद्द भएर निर्वाचन मा होमिन आग्रह गर्नु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्य्स्तै उक्त सभा मा बोल्दै नेपाली काङ्रेस मिक्लाजुङ का सभापती बबि कुमार राई ले २०७४ को निर्वाचन मा नेकप एमाले ले घोषणा पत्र मा झुट को प्रचार गर्दै मत मागेको र हाल ती कुरा हरु जनता माझ छर्लङ्ग भएको , साथै नेपाली काङ्रेस प्रती जनआकर्षण बढ्दै गैइरहेको हुनाले मिक्लाजुङ मा यश पटक सबै वडा र अध्यक्ष उपाध्यक्ष जित्ने म बिस्वस्त रहेको बताउनु भयो |

साथै कार्यक्रम मा विभिन्न पार्टी परित्याग गर्दै मिक्लाजुङ बाट ३६८ जना नेपाली काङ्रेस प्रबेस गरेका छ्न , प्रबेस गर्ने हरुको नेतृत्व, भानु चाम्लिङ (ycl जिल्ला सदस्य परित्याग )माया भन्डारी थापा ( एमाले परित्याग ) गौरी लम्साल ( एमाले परित्याग) ससिकला राई ( माओबादी परित्याग) धन ब भन्डारी ( एमाले परित्याग ) रस्मिता कटुवाल ( एमाले परित्याग) लगायत विभिन्न वडा बाट पार्टी प्रबेस गर्ने सबैलाई कार्यक्रम का प्रमुख अतिथी तथा अतिथी हरुले टीका तथा खादा ओडाएर स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय