jQuery(document).ready(function($){ //
});

तारा एयरको दुर्घटनाग्रस्त विमान ठोक्किएको मुस्ताङको नौरिकोटमा नेपाली सेनाको होलिकप्टर लाने प्रयास भएपनि सफलता हासिल हुन सकेको छैन । सेनाको हेलिकप्टर मौसम खुल्ने पर्खाईमा बसेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार हेलिकोप्टर जोमसोम भन्दा १५ किलोमिटर दूरीमा ल्यान्डिङ गरेको अवस्थामा छ । आज मौसम नखुले जोमसोममा हेलिकोप्टर राखेर भोलिमात्र दुर्घटनाग्रस्त क्षेत्रमा पुग्ने प्रयास हुने स्रोतले बतायो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कठिन भूगोल भएको क्षेत्रमा दुर्घटना भएकोले पुग्न समस्या भएको बुझिएको छ । स्थलमार्गबाट सुरक्षाफौज उद्धारका लागि खटिएको छ । तर, उक्त क्षेत्रमा पुग्न निकै समय लाग्ने भएकाले आज उद्धार कार्य सुरु गर्न कठिन भएको बुझिएको छ ।-तस्बिरः निरज तामाड.को फेसबुक पेजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय