jQuery(document).ready(function($){ //
});


मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको पहिलो कार्यपालीका बैठकले मिक्लाजुङ बासी नागरिकहरुलाई स्वास्थ्य सेवामा सर्व सुलभ सेवा पु¥याउने उदेश्यले अब मिक्लाजुङ मधुमल्ला स्वास्थ्य चौकी बाट नै स्वास्थ्य बिमा र रिफर सेवा शुरु गर्ने निर्णय गरेको छ । जेष्ठ १५ गते बसेको गाउँकार्य पालिकाको पहिलो बठकले सो निर्णय गरेका मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताए । यस्तै कार्यपालिकाको बैठकले मिक्लाजुङ क्षेत्रका चार सय ५० घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निणर्य गरेको छ । नव निर्वाचीत मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले पदभार ग्रहण गर्दै चार सय ५० घर परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका थिए । यो संगै मिक्लाजुङ गाउँपालिकाका ९ वटै वडाका गरिब, दलित र बिपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा हुने भएको छ । आइताबारको कार्यपालीका बैठकले मिक्लाजुङ गाउँपालिकाको प्रबत्तामा पर्वत राई लाई चयन गरेको छ । राई मिक्लाजुङ वाडा नं. १ बाट निर्वाचीत वडाध्यक्ष हुन ।
साथै कार्यपालीका बैठकले प्रचलीत कानुनमा तोकीए बमोजिम बिभिन्न बिषयगत समितिहरु समेत चयन गरेको छ ।
१. शुशासन तथा क्षमता विकास समितिको संयोजकमा पुर्ण बहादुर कुवंर (प्रवेश), सदस्यहरुमा बल बहादुर श्रेष्ठ र सिता मगर ।
क) आर्थिक विकाश समिति संयोजकमा सेमन्तराज दाहल, सदस्यहरु रुपेश राई र मेनुका श्रेष्ठ ।
ख) सामाजिक विकास समिति संयोजकमा पर्वत राई, सदस्यहरुमा खडी मगर र रेनुका मगर ।
ग) पुर्वाधार विकास समितिमा संयोजक विशाल राई, सदस्यहरुमा बल बहादुर श्रेष्ठ र भोजकुमारी विक ।
घ) बातावरण तथा बिपद् व्यवस्थापन समिति संयोजकमा मेघनाथ तामाङ, खडी मगर र उष राई ।
ङ) लेखा समिति संयोजकमा सन्तोष मगर, सदस्यहरु पर्वत राई र मात्रीका तिखत्री ।
च) विधयेक समिति संयोजक मानबहादुर राई सदस्यहरुमा शेमन्तराज दाहाल र मख्यकुमारी लिम्बु ।
२) राजस्व परामर्श समिति संयोजक दिनेश पौडेल, सदस्यहरु डिग बहादुर सोडारी, होम प्रसाद पौडेल, सेमन्तराज दाहाल, उसा राई र अमृत श्रेष्ठ रहेकाछन ।
३) स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समिति संयोजकमा गाउँपालिका अध्यक्ष ः बबीकुमार राई, सदस्य सचिब डिग बहादुर सोडारी, दिनेश पौडेल, होम प्रसाद पौडेल, पर्वत राई, पुर्ण बहादुर कुवंर मनुका श्रेष्ठ र मात्रीका तिखत्री रहेकाछन ।
४) बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजकमा गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, सदस्यहरुमा होम प्रसाद पौडेल, पर्वत राई, विशाल राई, शेमन्तराज दाहाल, मेघनाथ तमाङ, पुर्ण बहादुर कुवंर, मानबहादुर राई,
५) न्यायीक समिति संयोजकमा गाउँपालिका उापध्यक्ष दिनेश पौडेल, सदस्यहरुमा मानबहादुर राई र पवित्रा वि.क. ।
६) अनुगमन समिति संयोजकमा गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, सदस्यहरुमा विशाल राई, मेनुका श्रेष्ठ, होम प्रसाद पौडेल र सदस्य सचिब दिपक रोक्का ।
७) खेलकुद विकाश समिति संयोजकमा उपाध्यक्ष दिनेश पौडेल सदस्यहरुमा सन्तोष मगर र विशाल राई रहेकाछन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय