शरणामती झापाको झापा गाउँपालिका-६ चन्द्रबस्तीका नाइके हस्दाले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आज सुक्रबार राती अन्दाजी ९.३० बजे मादक पदार्थ सेवन गरी आएका हस्दाले आफ्नै श्रीमती तालामोही हस्दालाई कोखामा धारिलो छुरी प्रयोग गरी हत्या गरेको स्थानीयले बताएका छन् अहिले प्रहरीले अनुशन्धान थालेको छ । नाइके हस्दा भने हत्या गरेर फरार भएका छन् ।
उनले मादक पदार्थ सेवन गरी घरमा आएर श्रीमती सँग झगडा गरेका थिए। झगडाकै क्रममा घरको आगनमा कोखामा छुरी प्रहार गरे । श्रीमती छटपटिदै घर नजिकै सडकमा लडेर घटनास्थलमै मृत्यु भएको प्रतक्ष्यदर्शीले बताए ।






