jQuery(document).ready(function($){ //
});

चाडवाडको समयमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै क्लब हिमालय टाइगर दमक शाखाले गरेको रक्तदानमा ३८ पिन्ट रगत संकलन भएको छ ।

क्लबले शनिबार दमकको गणतन्त्र चोकमा आयोजना गरेको रक्तदानमा १० महिलासहित कूल ३८ जनाले रगत दिएका हुन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

क्लबका अध्यक्ष पूर्णबहादुर खडका (दिपक)को अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजु खडका, क्लबका पदाधिकारी, सदस्य तथा अन्य इच्छुक रक्तदाताहरुले रगत दान गरेका क्लबका उपाध्यक्ष मेघनाथ फुयाँलले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन तिर्थराज राईले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय