jQuery(document).ready(function($){ //
});

इलाम । इलाममा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो इलाम नगरपालिका ५ बिब्ल्याटेस्थित मेची राजमार्गमा दुर्घटना भएको थियो ।
ताप्लेजुङबाट काठमाण्डौं आउँदै गरेको प्र। ३ बा ०८८५ नम्बरको स्कोरपियो र बिपरीत दिशाबाट जाँदै गरेको प्र १(०१(०१४ प १०६० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक इलाम नगरपालिका ४ बस्ने २३ वर्षीय विशाल राई घाइते भएका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

घाइते विशाल राईलाई जिल्ला अस्पताल इलाममा उपचार सम्भव नभएपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याउन लागिएकोमा उनको बाटोमा नै मृत्यु भएको हो ।
गाडी तथा चालक नुवाकोट कपने गाउँपालिका ७ बस्ने २४ वर्षीय छिरिङ तामाङ प्रहरीको नियन्त्रणमा र लाश पोस्टमार्टमको लागि हाल जिल्ला अस्पताल इलाममा राखिएको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय