jQuery(document).ready(function($){ //
});

पूर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको अमलेखगंज सडकखण्डमा बिहिबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयां मेडिकल चितवनमा र पर्सा बिरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

मृत्यु हुने अन्य सबैजनाको सनाखत भइसकेको छ । मुत्युहुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कडेलको छेरा १४ वर्षीय सफल कडेल, पर्सा बिरगंज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउकी १९ वर्षीय सोस्तिका श्रेष्ठ, बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश बि.क, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीय अम्बिका कडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय कोसन्तोष कुमार राय, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर १२ की १६ वर्षीय प्रितिका चौधरी, बारा स्वर्ण ७ को ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुर का ५५ वर्षीय गया राउत कम्कर र पर्सा बिरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसिया रहेका छन । 

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरुको चितवन, हेटौडा र बिरगंजका  विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय