काठमाडौं । शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ । किष्ट अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाले अवस्थामा सुधार नभएको उल्लेख छ ।

जोशीलाई आजदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न औषधि चलाइएको अस्पतालले जनाएको छ । २२ दिनदेखि उपचारत जोशीलाई निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगी संक्रमण देखिएको थियो ।






