झापाको गौरादह नगरपालिका वडा नं ८ बैँरातीमा एक जना पूर्व प्रहरीले गोली हानेर आफनै भतिजाको हत्या गर्ने प्रयास असफलपछि आफनै कञ्चटमा गोली हानेका छन ।
आफनै कञ्चटमा प्रहार गरेको गोली लागेर उनको मृत्यु भएको छ । आज मंगलवार साँझ करिब ६.३० बजे अन्दाजी ३५ बर्षिय विरेन साहले आत्महत्या गरेका हुन् ।
मृतक साहले आफ्नै घरको आँगन बाहिर १३ बर्षिय भतिजा हेमराज साहमाथि गोलि प्रहार गरेर घाईते बनाएका थिए । सो लगत्तै विरेनले घर नजिकको बाँस झ्याङमा पसेर आफैंलाई टाउकोमा गोली हानेर आत्महत्या गरेका गौरादह ८ का वडाध्यक्ष गणेश राजवंशीले जानकारी दिए ।
उनले आफनै भतिजालाई गोली हान्नुको कारण खुलेको छैन । उनले प्रयोग गरेको पेस्तोल लगायत समग्र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हेमराजलाई ढाडमा गोली लागेको छ । उनको बिएण्डसी अस्पातल विर्तामोडमा उपचार भइरहेको छ । भतिजा हेमराजको अवस्था खतरामुक्त रहेको उनका काका विष्णु साहले बताए । मृतक साह गौरादह नगरपालिका वार्ड नं. ८ का सिताराम साहका छोरा हुन् ।






