jQuery(document).ready(function($){ //
});

झापा | ५ कात्तिक

तिहार बत्ति, उज्यालो र दियोको पर्वको रुपमा मानिन्छ ‌। सबैको घर उज्यालो भन्ने ध्येय साथ रोट्रयाक्ट क्लव अफ दमक र रोट्रयाक्ट क्लव अफ सुरुङ्गा झापा गाउँपालिका ६ र कनकाई नगरपालिका वडा नं. ५ को मण्डल एवं सन्थाल वस्तिमा मैनबत्ति वितरण गरेको छ ।
झापा गाउँपालिकाका उपाध्यक्ष अन्जु देवि थपलिया, कनकाई नगरपालिका वडा नं. ५ का अध्यक्ष कृष्ण राई को आतिथ्यमा स्थानीय टोल विकास संस्था तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष थपलियाले रोट्रयाक्ट क्लवले युवालाई सामाजिक क्षेत्रमा उत्तरदायी बनाउनमा उल्लेख्य भुमिका निर्वाह गरेको बताउँदै आफु यस्ता युवा वर्गबाट नेतृत्व हुने कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै, नजिकिँदै गरेको शुभ दिपावली, छठ पर्वको शुभकामना समेत व्यक्त गर्नुभयो ।
नमुना प्रा.वि. का १३६ विद्यार्थीलाई र समुदायका करिब ८० परिवारलाई मैनबत्ति वितरण गरिएको रोट्रयाक्ट दमकका अध्यक्ष किरण गौतमले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय