jQuery(document).ready(function($){ //
});

गोबिन्द कट्टेल

समता दमकमा जारी प्रथम अन्तर समता भलिबल (छात्र/छात्रा) लिग आज सम्पन्न भएको छ।
आज भएको छात्रहरुको खेलमा समता इलामले ईटहरीलाई २-० को सोझो सेटमा पराजित गरि दोस्रो स्थानमा लिग अन्त्य गर्यो भने छात्राहरुको खेलमा समता इलामको समूहलाई २-० को सोझो सेटले हराउँदै लगातार २ खेल जिति समता ईटहरीका छात्राहरुको समूह प्रथम हुन सफल रह्यो।

RAWA Hills Town Property

RAWA Hills Town Property

छात्र तर्फ ६ अंक सहित समता दमक प्रथम, समता इलाम ३ अंक सहित दोस्रो र समता ईटहरीले अंकबिहिन रहि तेस्रो स्थान प्राप्त गर्यो ।

छात्रा तर्फ ६ अंकका साथ समता ईटहरी पहिलो, ३ अंक सहित समता दमक दोस्रो र अंक बिहिन हुँदै समता इलाम तेस्रो हुन सफल भयो।

साथै लिगमा उत्कृष्ट प्रदर्शन गर्दै छात्र तर्फ समता इलामका गणेश कार्की तथा छात्रा तर्फ समता ईटहरीकी छात्रा आशा राई Players of the League हुन सफल रहे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय