मधुमल्ला / उर्लाबारी चाेकमा सफारीलाई ठक्कर दिई भागेकाे स्करपियाे मधुमल्लामा पक्राउ परेकाे छ। शनिबार सांझ उर्लाबारि चाेकमा एक सफारिलाई ठक्कर दिई मधुमल्ला तर्फभागेकाे
प्रदेश ३-०१ ००२च६८४५ नम्बरको स्कोरपियाे र चालक सन्दिप बस्नेत लाई ईलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएकाे हाे । ईप्रका मधुमल्लाका प्रमुख डिबि सुनुवारकाे नेतृत्वमा रहेकाे टाेलिले मधुमल्ला मावा पुल बाट साे स्करपियाे नियन्त्रणमा लिएकाे ईप्रका मधुमल्लाका प्रमुख सुनवारले बताउनु भयाे । चलकलाई प्रहरीले नियन्त्रणमा लिएर मधुमल्ला अस्पतालमा उपचार भईरहेकाे छ। चालकले मदिरा सेवन गरेर सवारि चलाएकाे बताईएकाे छ ।






