jQuery(document).ready(function($){ //
});

मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेले शान्ति सुरक्षा कायम गराउन आफ्नो पहिलो प्राथामिकता भएको बताएका छन् ।

मोरङ प्रहरी प्रमुख भएर आएको भोलीपल्ट आज पत्रकार सम्मेलन गरी एसपी पोखरेलले यस्तो बताएका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनले सोमबार मोरङ प्रहरी प्रमुखको कार्यभाग समालेका थिए । कार्यक्रममा बोल्दै एसपी पोखरेलले शान्ति सुरक्षा कायम गराउने देखि हरेक विषयमा सातै दिनमा सुझाब दिनुपर्ने बताए । ‘तपाइ संचारकर्मीहरू जसरी सूचनाको भोको हुनुहुन्छ । म पनि त्यसैगरी सुझाबको भोको हुनेछु,’ एसपी पोखरेलले भने । प्रहरीले गरेको कामको सकात्मक तरिकाले सूचना प्रभाह संचारमाध्यमले गरिदियो भने उर्जा पैदा हुने उनले बताए ।

अवैध चोरी, तस्करी रोकथाम र नियन्त्रणमा लागि पर्ने उनले बताए । लागूऔषध रोकथाम र नियन्त्रणमा पनि आफु लागि पर्ने एसपी पोखरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय